मेस्सीको प्रेरणामा बार्सिलोनाले जित्यो कोपा डेल रेको उपाधि

१० जेठ, काठमाडौं । 
लिओनल मेस्सी प्रेरित बार्सिलोनाले सेभियालाई परजित गर्दै कोपा डेल रे कपको उपाधि जितेको छ । बार्सिलोनाका लागि यो कोपा डे रेको २८ औं उपाधि हो । साथै उसले यो सिजन स्पेनिस दुई उपाधि ला लिगा र कोपा दुबै जितेको छ ।
 सोमबार विहान भएको फाइनल भिडन्तमा १० खेलाडीमा सिमित बार्सिलोनाले अतिरिक्त समयमा गरेको गोलको मदतमा सेभियालाई २-० गोल अन्तरले पराजित गरेको हो । खेलमा बार्सिलोना ३६ औं मिनेटमा नै १० खेलाडीमा सिमित भएको थियो । 
उसका जाभियर मासेरानोले रातो कार्ड पाए । तर, बार्सिलोनाले रक्षात्मक खेेलेन । पहिलो हाफसम्म सर्जिओ बुस्केट सेन्टर ब्याकमा आए । त्यसपछि मिडफिल्डर राकिटिकले म्याथुलाई अर्को सेन्टर ब्याक जेरार्ड पिकेसाग सहकार्य गर्न दिए र बार्सिलोनाका तीन फवार्ड मेस्सी, स्वरेज र नेयमार मैदानमै रहे । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकियो ।
 अन्तिमतिर सेभियाका बानेगाले पनि रातो कार्ड पाए र दुबै टीम १० खेलाडीमा सिमित रहृयो । थपिएको ३० मिनेटको खेलमा भने बार्सिलोना हाबी भयो । ९७ औं मिनेटमा डेभिड अल्बाले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।
 मेस्सीले दिएको उत्कृष्ट पासमा उनले सहज गोल गरे । खेलको अन्त्यतिर सेभियाका कारिको मार्टिनले पनि रातो कार्ड पाए । लगतै नेयमारले गोल गर्दै बार्सिलोनालाई २-० को जित दिलाए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.