प्रियंका-अर्पणबीच बढ्यो असमझदारी
काठमाडौं : अभिनेता अर्पण थापा र अभिनेत्री प्रियंका कार्कीबीच पछिल्लो समय शंका र असमझदारी बढ्दै गएको छ।
यो दृश्य बालाजु नजिक फुटुङमा भइरहेको फिल्म सुटिङका क्रममा देख्न सकिन्छ। फिल्म ‘अनागत’मा पति-पत्नीको सम्बन्धमा रहेका उनीहरुबीच विभिन्न मानसिक द्वन्द्व उत्पन्न हुन्छ। कतिसम्म भने पत्नीको भूमिकामा रहेकी कृति (प्रियंका) ले आफ्नै पति सुरेश (अर्पण) को हत्याको षड्यन्त्र समेत रच्न पुग्छिन्।
'शंका र अविश्वासले निम्त्याउने मानसिक अवस्था नै अनागत हो,' फिल्मका निर्देशक साम्तेन भुटियाले बताए।
वैशाख २८ गतेबाट फ्लोरमा निस्किएको अनागतको ९० प्रतिशत सुटिङ सकिएको छ। राजधानीबाट छायांकन सुरु भएको यो फिल्मको लगभग ८५ प्रतिशत छायांकन फुटुङमा भएको हो।
फिल्ममा अर्पण थापा, प्रियंका कार्की, प्रविन खतिवडा, रोसिन सुवेदी लगायतको अभिनय रहेको छ। यसका नायक अर्पण थापा पेन्टरको रुपमा देखिँदै छन्।
अनागतमा आफूले एक श्रीमानको भूमिका निर्वाह गरेको र त्यसलाई न्याय गर्ने प्रयास गरेको बताए।
फिल्मकी नायिका प्रियंका कार्कीले आफ्नो भूमिकालाई ‘यसखालको पहिलो रोल’ भनेकी छिन्। 'काम गर्दा निकै रमाइलो भइरहेको छ,’ सुटिङ अनुभव साट्दै उनले भनिन्, ‘आफूलाई यसमा केही फरक ढंगले प्रस्तुत गर्ने प्रयास गरेको छु।’
माउण्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सले निर्माण गरेको फिल्ममा गीत र फाइटको दृश्य नभएको निर्माण पक्षले जनाएको छ।
यसका निर्माता चन्द्र के झा भन्छन्, ‘स्वदेशी बजारमात्र नभई विदेशी बजारलाई लक्षित गर्दै निर्माण गरिरहेका छौं। यसमा फर्मुलाभन्दा केही फरक कथा पाउनुहुनेछ।’
....पहिलोपोस्ट


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.