हतकडीसहित भागेका चरी आठ महिनापछि पक्राउ
२०७३ जेष्ठ १२ बुधवार
मेलम्ची : गौबध मुद्दाको अनुसन्धानको सिलसिलामा प्रहरीले सिन्धुपाल्चोकका चरी तामाङलाई गएको असोज २६ गते नियन्त्रणमा लियो। तर प्रहरीलाई नै झुक्याएर उनी हतकडीसहित टाप कसे। प्रहरी अलमलमा पर्यो। अनुसन्धानका लागि ल्याउँदै गर्दा उनी हतकडीसहित भीरबाट भागेका थिए ।
त्यसपछि लगातार खोजीमा लागेको प्रहरीले उनै चरीलाई पुन: पक्राउ गरेको छ। प्रहरीलाई समेत झुक्याएर भागेका सिन्धुपाल्चोक इचोक–६ का ३६ वर्षीय चरी मङ्गलबार पक्राउ परेका हुन्।
गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मेलम्चीले घरबाटै पक्राउ गरेको र म्याद थपका लागि चौतारा लगिने प्रहरी निरीक्षक निरज डाँगीले बताए।
पहिले पक्राउ गर्दा लगाएको हतकडीसमेत प्रहरीले तामाङको घरबाटै बरामद गरेको छ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.