बहिनी गुमाउँदा भावविव्हल बिमल..

१४ जेठ, काठमाडौं ।
 बहिनी मनिषाको मृत्यूको खबरसँगै बेल्जियमबाट नेपाल फर्किएका छन् फुटबलर विमल घर्तिमगर । उनी बिमानस्थलबाट सोझै टिचिङ हस्पिटल पुगे । एक मात्र बहिनीको वियोगमा मर्माहत बिमल निकै भावविव्हल थिए । एकतर्फ आफैं सम्हालिन सकिरहेका थिएनन्, अर्कोतर्फ आमालाई सम्हाल्नुपर्ने अवस्था थियो । टिचिङ हस्पिटलमा बहिनीको शव देखेपछि उनी निकै भक्कानिए ।
 छोराको अंगालोमा आमाले आफूलाई आँशुले पखालिन् । आमा छोरालाई टिचिङ हस्पिटलमा उपस्थित इस्टमित्र र आफन्तले सान्त्वना दिएका थिए । नवलपरासीस्थित आफ्नै घरभित्र मृत भेटिएकी मनिषाको टिचिङ हस्पिटलमा पोस्र्टमार्टम गर्न ल्याइएको हो । उनको हत्या भएको आशंका प्रहरीले गरेको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.