श्रीमती र छोरीको हत्या गर्ने पक्राउ

२०७३ जेष्ठ १४ 
पोखरा: श्रीमती र छोरीलाई रडले हानेर हत्या गर्ने पोखरा—१४ चाउथे निवासी ३१ वर्षे विमल पुनलाई कास्की प्रहरीले पक्रेको छ। शुक्रबार अपराह्न ४ बजे उनले घरमा बसिरहेकी श्रीमती २६ वर्षीया नरमाया र ६ वर्षीया पूर्णिमाको रडले हानेर हत्या गरेको छिमेकीलाई उद्धृत गर्दै कास्की प्रहरी प्रवक्ता डिएसपी गजुसिद्धि वज्राचार्यले बताए । 
रडको प्रहारबाट चिच्याएको आवाज सुनेपछि छिमेकीले प्रहरीलाई खबर गरेका थिए । अरु काम विशेषले चाउथेतिरै पुगेको प्रहरीले तत्कालै विमललाई पक्रन सफल भएको थियो । प्रहरी स्रोतका अनुसार विमल मादक पदार्थको कुलतमा फसेका थिए ।
 मादक पदार्थको नसाकै कारण उनले श्रीमती र छोरीको हत्या गरेको हुनसक्ने प्रारम्भिक अनुमान प्रहरीले गरेको छ । ‘तर, हामी अनुसन्धान गर्दैछौं,' डिएसपी वज्राचार्यले भने । हत्याको प्रकृति हेर्दा हत्या अत्यन्तै क्रुर प्रकृतिको देखिएको घटनास्थल पुगेका एक प्रहरीले जानकारी दिए ।
 ‘रडले हानेर टाउको छियाछिया बनाएको थियो,' उनले भने, ‘सामान्य मानिसले कल्पनै गर्न नसकिने खालको अवस्था थियो ।' From Annapurnapost

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.