श्रीमतीसँग सम्बन्ध बिग्रियो भन्नेहरुलाई राजेशको जवाफ

२०७३ जेठ १२ गते काठमाडौं ।
 श्रीमतिसँग सम्बन्ध बिग्रियो भन्दै हल्ला गर्नेहरुलाई अभिनेता राजेश हमालले कुटनीतिक जवाफ दिन सुरु गरेका छन् । राजेश हमालको वैवाहिक सम्बन्ध कस्तो होला ? यो उनको नितान्त पारिवारिक विषय हो । 
उनको परिवारका सदस्य बाहेक अरुलाई उनीहरुको सम्बन्ध वारे जानकारी नहुन सक्छ । 
तर, नेपालका केही संचारमाध्यमले पत्नी मधु भट्टराईसँग राजेशको सम्बन्ध टु्ट्यो भन्न समेत बाँकी राखेका छैनन् । हमालले अहिलेसम्म मुख खोलेका छैनन् । तर, आफ्नो र श्रीमतिको सम्बन्ध बिग्रियो भनेर लेख्नेहरुलाई भने पुग्ने गरी जवाफ दिएका छन् । 
श्रीमतिसाग सम्बन्ध बिग्रियो भनेर केही मिडियामा समाचार आए लगत्तै उनले श्रीमतिसँग रेष्टुरेन्टमा बसेको तस्वीर सार्वजनिक गरेका थिए । लगत्तै उनको श्रीमति मधुसँगै घुमेको केही तस्वीर पोष्ट गरेका छन् । गत साता मात्रै अमेरिकावाट फर्केका हमालले फेसबुकमा स्टाटस लेख्दै मधु र आफुले विवाहको दोस्रो वर्ष गाँठ मनाएको उल्लेख गरेका छन् । )

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.