खाडीमा २० हजार कमाउन जाने किन जब सुन्धारामै १ लाख कमाउन सकिन्छ

यस्तो सास्ती खपेर पनि त्यति थोरै रकमको निम्ति जाने क्रम रोकिएको छैन । तर के नेपालमा त्यति रकम पटक्कै कमाई नहुने भएर बाध्य भएर गएका हुन् त ? त्यसरी विदेशिनेहरुको तर्क छ – नेपालमा बसेर के गर्ने ? काम पाईदैन, व्यवसाय गर्न पुग्ने लगानी जुटाउन सकिदैन अनि खाडी नगएर के गर्नु ? तर पख्नुस है, यो कुरा पुर्ण सत्य नहुन सक्छ । उपाय त्यसरी तर्क गर्नेको निम्ति ‘ लाज लाग्ने काम’ हुन सक्छ तर पनि उपाय पनि छ।
 कुर्दिस्तानमा राम्रो पैसा आउँछ भन्दै दलालले इराकमा लगेर हरिबिजोग पारेपछि धरान की १९ बर्षीय मनिषा राईको बल्ल आफु बेचिएको भन्ने चेत खुल्यो । बिहान सात बजे देखि बेलुका राति एक बजेसम्म काम गर्नुपर्ने त्यो पनि दिनभरीमा एक चौटा माछा खाएको भरमा – नागरिक न्युज धादिङ्गकी सुनिता मगर पैसा कमाउने र छोराछोरी पाल्ने सपना बोकेर घरेलु कामदारको रुपमा द्वन्दग्रस्त मुलुक सिरिया पुगिन ।


त्यहाँ पुगेपछि पैसा कमाउने त परको कुरो, घर बाहिर निस्किए कुनै पनि बेला मारिने अवस्था थियो । रुवाबासी गर्दै आफु फ़सिएको र उद्धार गरिदिन परराष्ट्र मन्त्रालयसमक्ष बिन्ती गरिन – अन्नपुर्ण पोस्ट खाडिमा घरेलु कामदारलाई चरम शारीरिक र मानसिक यातना हुने भएकोले तीस बर्ष भन्दा कम उमेरका युवतीहरुलाई घरेलु कामदारको रुपमा जान प्रतिबन्ध – माइसंसार मलेसियामा नेपाली कामदारले तलब पाएनन्। एउटा कामलाई भनेर अर्कै काममा फ़साइयो। 
गैरकानुनी रुपमा बस्ने बढे। फलानो मानसिक रुपमा विक्षिप्त भएर फर्क्यो। फलानी दिनहुँ यौन शोषणमा पर्थिन्। यी खालका समाचारहरु आएका प्राय: आइरहेका हुन्छन नेपाली पत्रपत्रिकामा । पत्रपत्रिकामै छापिएका तथ्यांक छ – दैनिक १५ सय नेपालीहरु विदेशिने गरेका छन् । ति मध्ये अधिकांस लेबर, मेसन, किचन हेल्पर, पेन्टर, ड्राइभर, गार्ड इत्यादि अदक्ष कामदारको हैसियतमा विदेश जान्छन । जसको मासिक तलब २० देखि ४० हजार रुपैया हुन्छ । 

परदेशी ठाउँ, परिवार आफन्तबाट टाढा, भद्रगोल तरिकाको कोचाकोच बसाई र अव्यवस्थित खानपिनको बारेमा भन्नै पर्दैन । यस्तो सास्ती खपेर पनि त्यति थोरै रकमको निम्ति जाने क्रम रोकिएको छैन । तर के नेपालमा त्यति रकम पटक्कै कमाई नहुने भएर बाध्य भएर गएका हुन् त ? त्यसरी विदेशिनेहरुको तर्क छ – नेपालमा बसेर के गर्ने ? काम पाईदैन, व्यवसाय गर्न पुग्ने लगानी जुटाउन सकिदैन अनि खाडी नगएर के गर्नु ? तर पख्नुस है, यो कुरा पुर्ण सत्य नहुन सक्छ । 
उपाय त्यसरी तर्क गर्नेको निम्ति ‘ लाज लाग्ने काम’ हुन सक्छ तर पनि उपाय पनि छ। म एघार कक्षामा पढ्दै थिएँ । भर्खर भर्खर मोबाईलको जमाना आएको थियो । म नोकिया एघार सय मोडलको फोन बोक्थे । स्क्रिनमा रंगको नाममा पहेलो र कालो मात्र देखिने । तत्कालिन अवस्थामा सबै भन्दा सस्तो त्यहि थियो, जुन मेरो आर्थिक हैसियतलाई सुहाउँथ्यो पनि ।
 पुतली सडकको न्युप्लाजा भित्रको गल्लिमा एक मधेशीमुलका व्यक्तिले सानो चना चटपटे र पानीपुरी बेच्ने काम गर्थे, चोयाको काण्डमा काठको तख्ता टेकाएर । वरिपरि गर्ल्स होस्टेलले ढाकिएको त्यस क्षेत्रमा उनको चट्पटे ब्यापार यति फस्टाएको थियो की खानको लागि उनले दिएर भ्याउँदैन थिए । ग्राहकहरु धेरै बेर कुरेर खानुपर्ने स्थिति थियो ।
 हामी साथीभाई बीच कुरा चलेको थियो – उनले चनाचट्पटे बेचेर काठमाडौँमा चार आना जग्गा जोडेका छन् अरे । त्यो कुराको पुष्टि हुने कुरै भएन । सोध्ने कुरो आएन । कुरा रे मै सिमित रह्यो तर एउटा कुरा चै पक्का थियो । उनले बोक्ने मोबाइल कलर थियो महँगो किसिमको । जुन मैले किन्न सकेको थिइन । यो कुरा आज भन्दा बाह्र बर्ष अघिको हो । 
 भारतको बिहार राज्यबाट पन्ध्र बर्ष अगाडी रोजगारीको निम्ति काठमाडौँ छिरेका सुरेन्द्र साह काठमाडौँको सुन्धारामा चनाचटपटे बेचेर मात्रै महिनाको एक लाख बढी आम्दानी गर्छन भनेर बिजमाण्डुमा समाचार छापिएपछि भने न्यु प्लाजामा पानीपुरी बेच्ने ब्यापारीले काठमाडौँमा चार आना जग्गा जोडेको कुरामा शंका गरिरहनु पर्ने ठाउँ रहेन ।
 नेपालमै बसेर महिनाको एक लाख आम्दानी गर्न सक्नु चानचुने कुरा लाग्दैन तर चानचुनकै ब्यापार देखिने पानीपुरी र चनाचटपटेबाट सम्भव हुँदो रहेछ । मेरो आमा गृहणी मात्र नभएर एक व्यवसायी पनि हुनुहुन्थ्यो । म जन्मनुअघि देखि नै होटेल संचालन गर्नुभएको आमाले आजसम्म होटलको अलावा, किराना, पानपसल, कुखुरा पालन, ब्याग उधोग, कपडा पसल सबै क्षेत्रमा हात हालिसक्नुभएको थियो । कुनै व्यवसाय सफल भए कुनै असफल ।
 बाबाले एउटै जागिरबाट अवकास लिने बेलासम्म आमाले थुप्रै व्यवसायको अनुभव संगालिसक्नु भएको थियो । खालि हात बसेको अहिले सम्म थाहा भएन । बिस्तारै उमेर ढल्किदै गयो । तीन दिदीहरुको बिहे भयो । विवाहित दाइ पनि आम नेपाली झैं खाडीतिरै हान्नियो । आमा र भाउजुलाई दिनभरी सिरियल हेरेर मात्र चित्त बुझ्ने कुरै थिएन ।

 काठमाडौँको जोरपाटी स्थित आफ्नै घरमा सटर छैन । केहि मिनेट दुरीको घरमा सटर भाडामा लिएर खोल्नु भएछ, त्यहि – पानीपुरी, चनाचटपटे, आइसक्रिम, बरफ यावत राखिएको पसल । उता दाई खाडीमा औधि दु:ख पाईयो भन्दै फर्किसकेको थियो । फिनल्याण्ड अन्तराष्ट्रिय व्यवसायमा स्नातकसकेर नेपाल फर्केको बेला थियो । पानीपुरी र चनाचट्पटे खानेको उग्र भिडलाई दिएरै नभ्याईने रहेछ । 

स्कुल कलेज पढ्ने बिधार्थी, पढाउने शिक्षक शिक्षिका, अस्पतालका नर्स र डाक्टर, बिरामी कुरुवा, बटुवाको राम्रै चहलपहल हुने रहेछ । सडक छेउमा टेको लगाएर खोलिने चनाचटपटे भन्दा सफा, आकर्षक त थियो नै साथमा पानीपुरीमा दिईने झोलको बिशेष तारिफ रहेछ । अरु पानीपुरी पसलेहरुले पनि झोलमा के हाल्नुहुन्छ भनेर सोध्न आएको कुरा सुनाउनुहुन्थ्यो । म लोभिएँ । 
कक्षामा सफल र असफल व्यवसायहरुको केस स्टडी मात्र गरेको थिएँ – त्यहाँ आफ्नै परिवारको व्यवसायले राम्रो ब्यापार गरेको देखेपछि हिसाब गर्न मन लाग्यो । पसल बिहान ८ -९ बजे खुल्दो रहेछ, साँझ ६-७ बजे बन्द । यसर्थ दुई जनाले दिनमा औसत आठ घण्टा गर्छन । सटरको भाडा तत्कालिन अवस्थामा पाँच हजार रहेछ । दिनको ब्यापार २५ सय देखि ३५ सय सम्म हुँदो रहेछ ।
 यो हिसाब पानीपुरी र चनाचट्पटेको मात्र हो । कोक फ्यान्टा, आइसक्रिम र अन्य चिजको हिसाब यहाँ राखिएको छैन । दिनको औसत ४३५० आम्दानी राखेर सम्पुर्ण खर्च कटाउँदा ६० हजारको हाराहारीमा नाफा निस्किने रहेछ । अर्थात एक जनाको दिनको आठघण्टा काम गरेबापत महिनाको ३० हजार रुपैया । घर मै खाएर, बसेर । 
न अव्यवस्थित बसोबास र खानपानको टेन्सन, न करार अवधि न दलालको लफडा । खाडीमा हल्लिएर दु:ख पाएर फर्किएको दाइ अचेल ‘ मान्छेहरु किन विदेश जान्छन बेकारमा?’ भनेर सम्झाउन थालेको छ । आमाले खोलेको पानीपुरी पसलमा अझै पनि धेरै कमजोरीहरु देखे, जसलाई केहि सुधार गरेर ब्यापार बढाउन प्रशस्त ठाउँ छ । कक्षामा जतिनै सानो ब्यापार भए पनि ’भिजन र मिसन’ भने हुनुपर्छ भनेर पढेको थिएँ । फेसबुकमा पसलको पेज खोलिदिएँ । 
चनाचट्पटे र पानीपुरीको ठुलो साइजमा फोटो खिचेर फ्लेक्स प्रिन्ट गरिदिएँ । यहि कारणले ग्राहक बढ्यो बढेन थाहा भएन तर एउटा ‘ब्राण्ड’ निर्माणको आवश्यक कदम पुरा गरें । तत्कालै त्यो पसल एउटा स्थापित ब्राण्ड हुने अवस्था नरहे पनि एक नेपाली युवालाई २० -३० हजारको निम्ति घरपरिवार छोडेर खाडी छिर्न भने रोकेको थियो । 
 हार्लेण्ड साण्डरले विश्वविख्यात ब्राण्ड केएफसीको सुरुवात सडक छेउको सानो होटेलबाटै गरेका थिए । क्यालिफोर्नियाको सान बर्नाडिनोमा खोलिएको ढाबा पसलको ब्राण्ड आज म्याकडोनाल्डस नामले संसार प्रशिद्ध छ । 
ती दुवै क्रमश: अमेरिकाका र जर्मनीका सामान्य खानेकुरा थिए। अदक्ष कामदारहरु बिदेशिएर जिन्दगीभर पेण्डुलम बन्दै महिनाको २० – ३० हजारको निम्ति श्रीमती, सन्तान, बाबुआमाबाट टाढा बस्नु भन्दा यहि पेशा ठिक छैन र ? तर समस्या छ । ”धत् पानीपुरी पनि बेच्छन ? हाम्रो इज्जत छैन ? ”…………

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.