प्रेमी भन्छन्- झगडापछि झुण्डिएको अवस्थामा देखेँ मनिषाको : सल आशिषको घरमा भेटियो,


१३ जेठ, नवलपरासी । 
आफ्नै घरमा मृत भेटिएकी मनिषा घर्ती मगरको सल उनको प्रेमी आशिष चौधरीको घरबाट बरामद भएको छ । Manisha-gharti-magarमनिषा नेपाली युवा फुटबलर विमल घर्ती मगरकी बहिनी हुन् । उनी बर्दघाट नगरपालिका ८ आफ्नै घरमा मृत भेटिएकी थिइन् । उनको शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल काठमाडौं ल्याइएको छ भने अनुसन्धानका क्रममा प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीलाई नियन्त्रणमा लिएको छ । 
 जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायव निरिक्षक टिकाराम पोख्रेलका अनुसार उनीसँग प्रारम्भिक बयान लिइएको छ । उनले आफूले मनिषाको हत्या नगरेको दाबी गरेका छन् । चौधरीले वयानको क्रममा मनिषा घर एक्लै छ भन्ने थाहा पाएपछि आफू गएको र राति झगडा भएपछि दुई झापड हानेको स्वीकार गरेका छन् । तर, झगडापछि आफू बरन्डामा आएर सुतेको र पछि हेर्न जाँदा कोठामा झुण्डिएको अवस्थामा देखेको दाबी गरेका छन् । 
झण्डिएको अवस्थामा रहेकी मनिषालाई आफूले तल झरेको तर, उनको मृत्यु भइसकेकाले आफू घर गएको बयान दिएका छन् । प्रहरीले मनिषाको सल आशिषकेा घरबाट बरामद गरेको छ । पक्राउ परेका आशिष विमलका साथी हुन् । स्थानीयले बताए अनुसार अशिष र मनिषबीच प्रेम सम्वन्ध थियो ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.