पुरुषभन्दा बढी बाँच्छन् महिला
एजेन्सी- प्रायः पुरुषहरु महिलाभन्दा आफूहरु बलियो छु भनेर सोच्ने गर्छ । तर उनीहरु वैज्ञानिक रुपमा महिलाभन्दा कमजोर साबित भएका छन् । लामो समय बाँच्ने सवालमा महिलाभन्दा पुरुष कमजोर देखिएका हुन् । यसको पुष्टि चिकित्सकले गरिसकेका छन् ।
पुरुषमा हुने वाई क्रोमोजम र यसको गुमाईले पुरुषको आयु महिलाको भन्दा छोटो हुने वैज्ञानिकहरुले अध्ययनका क्रममा पाएका हुन् । पुरुषमा मात्र पाइने वाई क्रोमोजममा डीएनए हुन्छ जसले पुरुषहरुलाई ‘पुरुष’ बनाउछ । यो क्रोमोजोम पुरुषको शरीरको प्राय सबै कोषमा पाइन्छ । तर उमेर ढल्कँदै गएपछि उनीहरुको रक्तकोषबाट वाई क्रोमोजोम बिस्तारै लोप हँुदै हुन्छ ।
यस्ता मानिस युवा अवस्थामा नै मर्ने र उनीहरुलाई क्यान्सरको जोखिम हुने यसअघिका अध्ययनले दखाइसकेका छन् ।
अहिले वैज्ञानिकले शरीरमा वाई क्रोमोजमको नाशलाई अल्जाइमर रोगसँग समेत जोडेका छन् ।
हराएको डीएनएबाट पुरुषको पुरुषत्वमा कुनै प्रभाव नपारे पनि यसले पुरुषहरु किन युवा अवस्थामा नै मर्छन् भन्ने अध्ययन गर्न महत्वपूर्ण मानिएको छ ।
पुरुषमा हुने वाई क्रोमोजोमको क्षय र यसले आयुमा गर्ने असरबारे स्वीडेनका उपसला विश्वविद्यालयका वैज्ञानिकले ३७ वर्षदेखि ९६ वर्षका ३२ सय पुरुषमा अध्ययन गरेका थिए ।
अध्ययनमा सहभागी हरेक पाँचमध्ये एक जनाको रक्तकोषबाट वाई क्रोमोजम हराएको थियो । पाको उमेरका मानिसमा यो समस्या झन् बढी देखिएको थियो ।
अल्जाइमरका रोगीमा यस्तो समस्या तीन गुणा बढी देखिएको अधययनमा पाइएको थियो । ‘हामीले अध्ययन गरेका रक्तकोषिका प्रतिरोधी प्रणालीसँग सम्बन्धित छ ।
पुरुषमा क्रोमोजमको अभावको अर्थ शरीरका अन्य तन्तुमा पनि रोगको जोखिम होे,’ अध्ययन समूहका सदस्य लार्स फोर्सबर्ग भन्छन्, ‘तसर्थ रक्तकोषिकामा वाई क्रोमोजोमको हानीले प्रतिरोधी कार्यमा पनि गम्भीर असर पुगेको हाम्रो आशंका हो,’ उनी भन्छन् । महिलामा वाई क्रोमोजोम नहुने र यही कारणले पुरुषभन्दा बढी समय बाँच्ने अध्ययनको निष्कर्ष छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.