केकीलाई बिहे गर्न रीमाको सुझाव, नायिका भन्छिन्-‘खोजेजस्तो पाएँ भने बेला भयो’

२०७३ जेठ १० गते 
 चलचित्र क्षेत्रका चर्चित नायिका हुन् केकी अधिकारी र रीमा विश्वकर्मा । रीमाले बिहे गरेर घरजम गरिसकेकी छिन् भने केकी अविवाहित नै छिन् । केकीको करिअर चलचित्रमा जमेकै छ । रीमा भने चलचित्र र म्यूजिक भिडियोमा मिश्रति रुपमा अगाडि बढिरहेकी छिन् । तर, केकी र रीमाको मित्रता भने उस्तै छ । दुबैजना खुबै मिल्छन् । बिहे गरेर लण्डनमा हनिमुन मनाएर आएकी रीमालाई हामीले सोध्यौ, केकीलाई बिहेको बिषयमा के सुझाव दिनुहुन्छ ? रीमाले हाँस्दै भनिन्-‘अब केकीको पनि बिहे गर्ने बेला भैसकेको छ । सही बर पाएको खण्डमा गर्दा हुन्छ ।’ केकी मुसुक्क हाँसिन् । 
सायद, उनी पनि बिहेको बारेमा सोच्दै होलिन् । केकीलाई हामीले सोध्यौ, रीमाको सुझावमा के भन्नुहुन्छ । केकीले भनिन्-‘२० बर्ष नाघेपछि त बिहे गर्ने उमेर भैहाल्छ । रीमाले भनेको सही नै हो । खोजेजस्तो केटा पाए भने बिहे गर्छु ।’
 केकीका लागि कस्तो केटा आवश्यक होला ? रीमालाई सोधिएको प्रश्नमा उनले भनिन्-‘केकी एकदमै राम्री यूवती हो । यसैले उसका लागि ह्यान्डसम यूवक आवश्यक छ । साथमा केकी स्मार्ट पनि छ । यसैले केटा पनि स्मार्ट नै हुन जरुरी छ ।’ चलचित्र बजारमा केकी अधिकारीको प्रेमी छन् भन्ने चर्चा छ । 
केकीका प्रेमी विदेशमा रहेको चर्चा गसिप बजारमा नचलेको होइन । केकीलाई यस बिषयमा हामीले प्रश्न राख्दा उनले छोटो जवाफ दिइन्-‘खै मलाई त थाहा छैन । बजारमा कसरी चर्चा भैरहेको छ वुझेकी छैन ।’ रीमा बिहे गरेर खुशी देखिएकी छिन् ।
 उनका पति अहिले लण्डनमा छन् । अब, केकी पनि बिहे गर्नुपर्छ भन्ने सोचमा पुगेकी छिन् । हेरौ, रीमाले भनेजस्तो यूवक केकीको जीवनमा आउँछन् कि आउँदैनन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.