राजधानीमा विमान दुर्घटना,दिल्ली आउदै गर्दा बिचमै विमान खस्यो,

२०७३ जेष्ठ ११
 एजेन्सी। भारतको राजधानी दिल्लीमा विमान दुर्घटना भएको समाचार छ। घटनामा पाँच जना घाइते भएका छन। एयर एम्बुलेन्स रहेको सो विमानमा ७ व्यक्ति सवार थिए। दुवै पाइलट सकुशल रहेको बताइएको छ।
 विमानको ‘क्र्यास ल्याण्डिङ’ भएको छ। अल्केमिस्ट एयरलाइन्सको सो एयर एम्बुलेन्स पटनाबाट दिल्ली आउदै थियो। स्थानीय समय अनुसार पौने ३ बजे दिल्लीको नजफगढ इलाकामा घटना भएको हो। दुवै इन्जिनले काम गर्न छोड्दा विमान दुर्घटना भएको बताइएको छ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.