नवलपरासीको गैंडाकोटमा दुर्घटना, ४ को मृत्यु

परासीः नवलपरासीको गैंडाकोट ११ हर्कपुरमा बुधबार बिहान भएको मिनीट्रक दुर्घटनामा चार जनाको मृत्यु भएको छ । १७ जना घाइते भएका छन् ।
 सुर्खेतबाट काठमाडौं जाँदै गरेको बा २ क ११३७ नम्बरको मिनीट्रक दुर्घटनामा दुई जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो । 
 ललितपुरको इट्टा उद्योगमा मजुदरहरु लिएर जाँदै गरेको उक्त मिनीट्रक सडक किनारमा रहेको ठोक्किन पुगेको इलाका प्रहरी कार्यालय गैंडाकोटमा निरीक्षक सुवास हमालले बताए । दुर्घटनामा पर्ने सबै सल्यानको कालिमाटी गाविस वडानं. ३ र ९ तथा लक्ष्मीपुर गाविसका रहेका छन् ।
 ट्रकमा २१ जना मजदुरहरु थिए । दुर्घटनामा परेका मजदुरहरुसँग परिचय पत्र नरहेको र एक अर्कालाई नचिन्ने भएका कारण परिचय खुल्न नसकेको प्रहरी निरीक्षक हमालले बताए । घाईते सबैको पुरानो मेडिकल कलेज चितवनमा उपचार भईहरको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.