मोर्डन युवतिले पैसा कमाउने तरिका

२०७३ जेठ १२ गते काठमाडौ ।
 तस्वीरमा देखिएका ब्यक्ति हुन् बिजय थापा र ऋचा थापा । यी दुबै म्यूजिक भिडियोमा ब्यस्त मोडल मानिन्छन् । १५ सय भन्दा बढी म्यूजिक भिडियोमा अभिनय गरेका बिजयले यसपाली फरक भिडियो बनाएको दाबी गरे । उक्त भिडियोमा बिजयले सोझो गाउँले पात्रको भूमिका निर्वाह गरेका छन् भने ऋचा मोर्डन युवतिको रुपमा प्रस्तुत भएकी छिन् । 
 शहरमा आइसकेपछि केटाहरुको जीवनशैलि परिवर्तन हुन समय लागेको तर, युवतिहरुले चाँडै प्रगति गरेको प्रसंग भिडियोमा प्रस्तुत गरेको बिजयले बताए । बिजय स्वंयको निर्देशन रहेको उक्त भिडियोमा विजयले भने गाउँको सोझो केटाको भूमिका निर्वाह गरेका छन् ।
 सोझो केटा बनेर हट युवतीको छेउमा उभिँदा कस्तो लाग्यो ? बिजय भन्छन् ‘ऋचा जीसँग मैले १५ भन्दा बढी भिडियोमा काम गरिसकेको छु, उहाँसँग काम गर्दा रमाइलै हुन्छ ।’ ऋचाको डान्स र अभिनयवाट प्रभावित बिजयले यो भिडियो पनि दर्शकलाई मन पर्ने दाबी गरे । १५ वर्षदेखि अभिनयमा सक्रिय बिजयले पाँचसय भिडियोको निर्देशन गरेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.