दलाल पक्राउ परेपछि यातायात कार्यालयमा तोडफोड

२०७३ जेष्ठ १२ बुधवार
 काठमाडौँ: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र बागमतीको ललितपुर एकान्तकुनास्थित कार्यालयमा तोडफोड भएको छ । सेवाग्राहीबाट पैसा असुल्ने दलाललाई प्रहरीले पक्राउ गरेकै राती कार्यालयमा तोडफोड भएको हो । तोडफोडले भवन नं १ को सबै सिसा फुटी डेढ लाखको क्षति पुगेको कार्यालय प्रमुख उमेश बस्नेतले जानकारी दिए । 
 ‘तोडफोडले झ्यालका सिसा फुटेका छन्, मङ्गलबार दिउँसो सेवाग्राहीको फाइल बोकेर राजस्व बाहेक अतिरिक्त पैसा लिई काम गर्नेलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएपछि कार्यालयमा तोडफोड भएको छ’, उनले भने । 
 परिसरले लेखापढी व्यवसायीका नाममा दलाली गरी सेवाग्राहीसँग पैसा असुल्ने २६ जनाको समूहलाई पक्राउ गरेको थियो । छानबिनपछि १३ जना निर्दोष पाइएकाले छाडिएको र १३ जनालाई प्रमाणसहित सार्वजनिक मुद्दाको प्रक्रिया
 अघि बढाइएको प्रहरी नायब उपरीक्षक ईश्वर कार्कीले बताए । कार्यालयमा तोडफोड गर्नेको खोजी भइरहेको महानगरीय प्रहरी बिट सातदोबाटोका प्रहरी निरीक्षक श्यामकुमार विष्टले जानकारी दिए । रासस - See more at:

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.