बलरामले गरे पत्नी र भाईको हत्या

२०७३ जेष्ठ ११ मंगलवा 
भैरहवा: रुपन्देही दयानगर-५ चिलिहास्थित दुर्गापुरमा एक पुरुषले आफ्नै जीबन संगीनी र माईलो भाईको हत्या गरेका छन्। बलराम पोख्रेलले आफनै श्रीमती कृष्णकुमारी पोख्रेल र भाई चन्द्रकान्त-भिम)लाई सोमबार साझ ९:१५ बजे ईट्टा प्रहारबाट घाईतेको उपचारका क्रममा दुवै जनाको मृत्यु भएको प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानाकारी दिए। 
 माईलदाई र जेठी भाउजु दुवै जना मदिरा सेवन गरि मातिएको देखेपछि ठूलदाईले रिसको आगोमा ईट्टाले ठोक्दा यस्तो उप्रिय घटना हुनगएको कान्छो भाई हरि पोख्रेलले अन्नपुर्णकर्मीसँग बताए। 'दाईले पनि रक्सी खाएका रहेछन् भाउजु र माईलदाई दुबैजनालाई रक्सी बेसरी लागेको रहेछ। झोकमा ठुल्दाईले पहिला माईलदाई र त्यसपछि भाउजुलाई बेसरी ईठाले ठोकेछन्।
 म अलिपछि आए दुबैजनालाई अस्पताल लगे तर बचाउन सकिएन।' उनले भने। बलरामले भाईको घर निर्माण भईरहेको र त्यही रहेको ईटाले श्रीमती र भाईको टाउको, अनुहार र छातीमा बर्साएर मरणसन्न अबस्थामा पुराएका थिए। 
 घाईते दुवैजनाको भैरहबास्थित युनिभर्सल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार बिहान मृत्यु भएको हो। माईली भाउजु बैदेशीक रोजगारमा दुबई हुनुहुन्छ। उनी बिगत ७ बर्षदेखि दुबई जाने आउने गरेको छोरी बिबिकाले बताईन। बिबिका अंकलको घरमा रहेको बेला उक्त घटना भएको बिबिकाले बताईन। उनी सानीमाको घर पाल्पामा बसेर १२ कक्षा अध्ययन गरेकी छन्। 
सानी बैनी कक्षा ७मा पढ्दछिन्। मृतक चन्दकान्तका दुई अबिबाहित छोरी मात्र छन्। छोरीले बाबुको क्रिया गर्ने सोचमा छन्। अस्पतालबाट बाबुको शव छोरी बिबिकाले सनाखत गरी बुझेको अस्पतालका स्बास्थ्यकर्मी एबं प्रहरीले जानकारी दिए।यसैबिचमा हत्या आरोपीत बलराम प्रहरी नियन्त्रणमा भएपछि उनको श्रीमतीको शव कान्छा देबर हरिले बुझेका छन्। 
मुतका एक छोरा र एक छोरी छन्। छोरीको बिबाह भईसकेको छ भने छोरो विदेश छन्। भाई मृतक चन्द्रकान्तको घरमा उक्त घटना भएको हो। हत्या आरोपीत बलरामले श्रीमती र भाईबीच लसपसभई यौनदुराचार भएकाले आक्रोशमा ईट्टाले हिर्काउदा मृत्यु भएको प्ररारम्भिक सोधपुच्छमा प्रहरी समक्ष अभियुक्तले बताएको प्रहरी उपरीक्षक कार्कीले अन्नपुर्णकर्मीलाई बताए। 
 बलराम प्रहरीको नियन्त्रणमा छन्। मृतक देवर-भाउजु दुवै जनाको शव मंगलबार नै हिन्दुधार्मीक विधि अनुसार अन्त्येष्टी गरिएको छ। प्रहरीले घटनाको विस्तृत अनुसन्धान तथा कार्बाहीका लागि सुरक्षाकर्मी परिचालन गरिसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.