भारतको देहरादुनमा पहिरोमा पुरिएर १० नेपाली कामदारको मृत्यु

११ जेठ, काठमाडौं
भारतको देहरादुनमा पहिरोमा पुरिएर १० नेपाली कामदारको मृत्यु भएको छ । सोमबार दिउँसो उनीहरुको शव भेटिएको स्थानीय अधिकारीहरुले पुष्टि गरेका छन् । हावाहुरी चलेपछि ओडारमा ओत लाग्न गएका उनीहरुलाई पहिरोले पुरेको बताइएको छ । 
घटना देहरादुनको हेडक्वाटरबाट करिव १५० किलोमिटरमा पर्ने चित्रा भिलेजको हो । हिन्दुस्तान टाइम्सका अनुसार १६ कामदार ओत लाग्न गएका थिए । माथिबाट आएको पहिरोले ओडारलाई पुर्‍यो । पहिरोमा परेकाहरु मध्ये ६ जनाको उद्धार भएको छ ।
 घाइते अवस्थामा रहेका उनीहरु मध्ये पाँच जनालाई टुयनीमा पठाइएको छ भने एकको देहरादुनमा उपचार भइरहेको छ । सोमबार विहान पहिरोमा मानिसहरु पुरिएको सूचना आउनसाथ उद्धार सुरु गरिएको अधिकारीहरुले बताएका छन् ।
 उनीहरुका अनुसार घटना आइतबार विहान २ बजेतिरको थियो । पहिरोमा परेर ज्यान गुमाएकाहरुको पोष्टमार्टम भइरहेको छ ।
 र, त्यही अन्त्येष्टि गरिने बताइएको छ । समाचारमा जनाइए अनुसार उनीहरु नेपालबाट सडक निर्माणको काम गर्न देहरादुन पुगेका थिए । तर, उनीहरु नेपालको कुन ठाउँबाट भारत गएका थिए भन्ने खुलेको छैन ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.