राजधानीमा दुई हजार बालिका यौन व्यवसायमा

११ जेठ, काठमाडौं ।
 राजधानीमा झन्डै दुई हजार बालिकालाई यौन व्यावसायमा लगाउने गरिएको पाइएको छ । केन्द्रीय बालकल्याण समिमितले सोमबार राजधानीमा आयोजना गरेको एक कार्यक्रममा दुई हजार बालबालिकालाई गा्रहकलाई योनसेवा प्रदान गर्न बाध्य पारिने गरिएको तथ्यांक सार्वजनिक गरिएको आजको नयाँ पत्रिका दैनिकले जनाएको छ ।
 केन्द्रीय बालकल्याण समितिका कार्यकारी निर्देशक तारक धितालले विभिन्न अध्ययनले काठमाडौं उपत्यकामा ११ हजारदेखि १३ हजार महिला मनोर१जन व्यवसायमा संलग्न रहेकामा त्यसको एकतिहाइ १८ वर्षमुनिका बालबालिका रहेको जानकारी दिए ।
 काठमाडौंका डान्सबार, रेष्टुरेन्ट, क्याबिन, दोहोरी साँझ, भट्टीपसल, चिया पसललगायत मनोरञ्जन व्यवसायमा विभिन्न बहानामा बालिकालाई यौन व्यवसायमा लगाउने गरिएको छ । बालकल्याण समितिले मनोरञ्जन व्यवसायमा कार्यरतमध्ये ९३ प्रतिशत महिला कामका क्रममा यौन दुव्र्यवहार सहन बाध्य हुने गरेको जनाएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.