दक्षिण कोरियामा दश नेपाली कामदार पक्राउ

कोरिया, जेठ १२ । 
कोरियाली अध्यागमन विभागले १० नेपाली कामदारलाई पक्राउ गरेको छ । विभागले ख्यंगीदो सुवनमा सोमबार छापा मारी भिसा नभएका नेपाली कामदारलाई पक्राउ गरेको खबर प्राप्त भएको छ । कोरियाली अध्यागमन विभागले सोमबार सुवनको ट्रेन स्टेसनबाट ७ जना तथा सोही क्षेत्रमा कोठा बस्दै आएका ३ जना नेपाली कामदारलाई पक्राउ गरेको थियो । 
 पक्राउ परेका कामदार हाराबाईट र कन्ट्रक्सनमा काम गर्दै आएका थिए । पक्राउ पर्ने मध्ये अधिकांश खोटाङ भोजपुरका रहेको बताइएको छ । दक्षिण कोरिया सरकारको भिसा नभएका ७० हजार प्रवासी कामदारलाई पक्राउ गरी स्वदेश फर्काउने नीति अनरुप नेपाली कामदार पक्राउ गरिएको समचारमा जनाइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.