निजी बिद्यालयहरुको चर्को शुल्कप्रति विद्यार्थी संगठनहरु आन्दोलित

१२ जेष्ठ, २०७३
निजी तथा संस्थागत बिद्यालयहरुको चर्को शुल्क र विद्यालयभित्रको मनपरि ,व्यवस्थित गर्न शिक्षा मन्त्रालयबाट गरिएको अनुगमन फितलो भएको आरोप विद्यार्थी संगठनहरुले लगाएका छन् । 
अनुगमन पछि संगठनहरु कानमा तेल हालेर बसेको भन्दै विद्यार्थी संगठनहरुले विरोधमा उत्रिने चेतावनी समेत दिएका छन् । rc बुधबार पत्रकार सम्मेलन गरी संगठनहरुले शिक्षा मन्त्रालयलाई दवाव दिदै अनुगमनको पछिको भूमिकालाई प्रभावकारी बनाउन सुझाव दिएका छन् । 

निजी तथा संस्थागत विद्यालयहरुले संस्थागत विद्यालयको शुल्क निर्धारण मापदण्ड २०७२ कार्यान्वयनका लागि विद्यालयहरुमा अनुगमन गरिएपनि शिक्षा मन्त्रालयबाट ठोस कदम नचालिएको संगठनहरुले बताएका छन् । 
संगठनहरुले निजी तथा संस्थागत बिद्यालयहरुलाई कानुनी दायरामा ल्याउन स्वयम बिद्यार्थी संगठनहरु पनि जागरुक नदेखिएको प्रति ध्यानाकर्षण गराउँदै गम्भीर हुन आग्रह गरेका थिए । अनुगमनका क्रममा बिद्यालयहरुले मनपरि शुल्क लिएको, आर्थिक अपारदर्शिता, शैक्षिक गुणस्तर नभएको, पुस्तक, पोशाक एवम् खाजामा बिद्यालयबाटै ब्यापार भएको, सेवा सुबिधाको कमी पाईएको जस्ता थुप्रै समस्याहरु पाईएको बताईएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.