बलात्कार गरे ७० रुपैयाँ दिएर सात बर्षीया बालिकालाई.

१२ जेठ, रौतहट ।
 रौतहटको चन्द्रनिगाहपुरमा एक सात बर्षीया वालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ । rape-of-balika-childप्रहरीले ५४ वर्षीय कपिलदेव साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । घरमा अभिभावक नभएको मौका छोप्दै बलात्कार गरेको भन्दै ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरमा उजुरी परेको थियो । 
 पीडितका अनुसार सोमबार परिवारका सदस्य बाग्मती नदीमा गिटी कुटन गएका बेला साहले बालिका लाई बिस्कुट र चकलेट खान ७० रुपैयाँ दिएर फकाउँदै आफ्नै घरमा लगेका थिए । घरमा पुगेपछि साहले बलात्कार गरेको पीडित वालिकाले प्रहरीलाई बताएकी छन् ।
 प्रारम्भीक स्वास्थ्य परिक्षणबाट पनि बालिकाको बलात्कार भएको पुष्टी भएको छ । उनलार्इ थप उपचारका लागि वीरगञ्ज लगिएको छ । 
पीडितका अभिभावको आर्थिक अवस्था कमजोर भएकाले उपचारका लागि महिला सुरक्षा दबाव समूह रौतहटले ३ हजार सहयोग गरेको छ । घटनाका आरोपी साहलाई प्रहरीले जिल्ल्ाा अदालतबाट म्याद थप गरी अनुसन्धान गरीरहेको चन्द्रनिगाहपुरका डिएसपी मनोज कुमार यादवले जानकारी दिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.