रक्सीको नशामा सिंहसँग हात मिलाउन गए..

२०७३ जेठ ११ गते 
 यो दुनियाका कोही मानिस विचित्रकै हुन्छन् । केही समय पहिले भारतमा एकजना जँड्याहासँग हात्ति डराएर भागेको र जँड्याहाले जंगली हात्तिलाई लखेटेको समाचार आएको थियो । दक्षिण अमेरिकी देश चिलीमा आत्महत्या गर्नका लागि एक युवकल नांगै चिडियाखानाको सिंहको खोरमा हाम फाल्दा दुइवटा सिंहलार्य नै गोली हान्नुपरेको समाचार हिजो मात्र अनलाइन खबरमा पढ्नुभएकै छ । 
अहिले फेरि अर्को यस्तै खबर आएको छ । भारतको हैदरावादस्थित नेहरु चिडियाखानमा रक्सीको नशाले चूर भएका एक मानिस पोथी सिंहसँग हात मिलाउन भन्दै सिंहको खोरभित्र छिरेका छन् । 
 राजस्थानको सीकर जिल्लाका मुकेश नामका ती ३५ वषर्ीय युवक सुरक्षाकर्मीहरुको चेतावनीका बाबजुत सिंहलाई राखिएको ठाउँको पर्खाल पार गरेर भित्र छिरेर सिंहिनीसँग हात मागिरहेका छन् । धन्न सिंहले उनलाई तत्कालै आक्रमण गरेन र उनलाई सुरक्षित रुपमा बाहिर निकालियो । चिडियाखानाका अनुसार त्यहाँ भित्र राधिका नामको पोथी सिंह थियो । 
सिंहको रेखदेख गर्ने आर पपैया नामका व्यक्तिले सिंहको ठाउँमा घुसेका मुकेशलाई सुरक्षित साथ बाहिर निकाल्न सफल भए । मुकेशले सिंहिनीसँग हात मागिरहेको थियो र आफ्नो हात अघि बढाएको थियो । उक्त सिंह पनि मुकेशतर्फ अघि बढिरहेकेा थियो । तर पपैयाले तत्कालै सिंहलाई अन्तै मोडिदियो र मुकेशको ज्यान जोगियो । 
 मुकेशलाई बाहिर ल्याइसकेपछि जाँच गर्दा ऊ रक्सीकेा नशाले चूर भएको पाइयो । उसलाई पुलिसको जिम्मा लगाइएको छ । रेलवेको जागिर गर्ने मुकेशमाथि घुसपैठको मुद्धा दायर गरिएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.