वैदेशिक रोजगारीको लोभमा ठगीने क्रम रोकिएन

२०७३ जेष्ठ १० सोमबार
 एउटै एजेण्टले १५ जनालाई ठगी गरेको उजुरी परासी: जिल्लाबाट वैदेशिक रोजगारमा जानहरुलाई ठग्ने क्रम रोकिएको छैन। हरेक दिन यसको जोखिममा पर्ने व्यक्तिहरुको संख्या बढ्दै गएको छ। वैदेशिक रोजगारमा जानेहरुका लागि परामर्श कार्यक्रम सञ्चालन गरेको सुरक्षित आप्रवासन परियोजना (सामी) को एक वर्षको तथ्यांक अनुसार जिल्लाका विभिन्न ठाउँबाट ठगीएका ८ सय ७५ निवेदन परेका छन्।
 जसमा ठगी र विदेशमा मृत्यु भएका व्यक्तिको शव झिकाउन पहल गरिदिने निवेदन रहेको परियोजना फिल्ड कार्यालय परासीका अधिकृत ज्ञानेश्वर भण्डारीले जानकारी दिए। उनले भने, 'सूचना र परामर्श बढेपनि विदेश पठाइदिने नाममा ठगीने क्रम भने रोकिएको छैन।' सामी परियोजनाले विगत दुईवर्षदेखि वैदेशिक रोजगारमा जानेहरुलाई परासी र कावासोतीमा सूचना केन्द्र सञ्चालन गरेर परामर्श दिदै आएको छ।
 विदेशमा पुगेर काम नपाएको, मृत्यु भएको र भने अनुसारको काम नपाएको भन्दै निवेदन पर्ने सबैभन्दा बढी परासी दक्षिणभेगका यूवाहरु छन्। त्यस क्षेत्रमा एउटै एजेण्टले १५ जना व्यक्तिलाई ठगी गरेको पाइएको पौडेलले जानकारी दिईन्।
 विदेशमा पुगेर सास्ती व्यहोरेर फर्केका र ठगिएका व्यक्तिहरुले उजुरी दिने निकाय बारे जानकारी नपाउँदा विगतमा त्यस्ता घटना बाहिर आउन नसकेको पौडेलको भनाई छ। कार्यक्रम पश्चात उजुरी र गुनासा सुन्ने निकायबारे जानकारी पाएकाले वैदेशिक समस्याका घटना बढेको देखिएको परियोजनाको बुझाई छ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.