ग्यास आपूर्ति सहज बनाउन पाराद्विपबाट १० हजार मेट्रिक टन
जेष्ठ १०, २०७३-
नाकाबन्दी हटेको तीन महिनासम्म पनि काठमाडौंमा खाना पकाउने ग्यासको सहज आपूर्ति हुन नसकेपछि भारतको उडिसा राज्यस्थित सामुद्रीक बन्दरगाह पाराद्विपबाट झण्डै १० हजार मेट्रिक टन ग्यास नेपाल भित्र्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको छ ।
भारतीय आयल निगमकै प्रस्तावमा आपूर्ति मन्त्रालयले ग्यास पाराद्विप प्रशोधन केन्द्रबाट आयात गर्ने निधो गरेको हो । आपूर्ति सचिव श्रीधर सापकोटाका अनुसार पाराद्विपबाट ग्यास नेपाल भित्रिएपछि काठमाडौंलगायतका सहरमा रहेको ग्यासको अभाव हट्नेछ । सचिव सापकोटाले यो नयाँ प्रस्तावका बारे नेपाल आयल निगमको संचालक समितिले यसै साताभित्रमा अन्तिम निर्णय दिने जनाएका छन् ।
पाराद्विप प्रशोधन केन्द्रबाट ग्यास खरिद गरेर वीरगन्ज हुँदै नेपाल भित्र्याउने यो प्रकृयासम्बन्धी संवादको थालनी भारतका लागि निवर्तमान राजदुत दीपकुमार उपाध्यायले अगाडी बढाएका थिए । भारतको आन्तरिक मागमा देखिएको चापका कारण नयाँ प्रशोधन केन्द्र पाराद्विपबाट ग्यास दिन भारत सहमत भएको हो ।
हाल नेपालमा मासिक ३७ हजार मेट्रिक टन ग्यासको माग रहेको छ ।
गत अप्रिल महिनामा भारतबाट लगभग २७ हजार मेट्रिक टन ग्यास नेपाल भित्रिएको थियो । ‘अहिले अपुग भएको अनुपातमा झण्डै १० हजार मेट्रिक टन ग्यास पाराद्विपबाट नेपाल ल्याउने तयारीमा लागेका छौं,’ नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेले कान्तिपुरसँग फोनमा भने, ‘पाराद्विप बन्दरगाह झण्डै १३ सय ५० किलोमिटर टाढा रहेको छ भने अन्य ठाउँको तुलनामा थप दुई दिनको समय लाग्छ ।’
नेपालमा ग्याससहित इन्धन आपूर्ति गर्ने पश्चिम बंगालको हल्दिया नाका भने पारद्विपभन्दा ३ सय किलोमि
टर नजिक छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.