विमलकी बहिनीको मृत्युपछि पारस पनि दुःखी, यसरी भए आक्रोशित
काठमाडौं, १४ जेठ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको मृत्यु प्रकरणबारे आफ्नो धारणा राखेका छन् । सामाजिक सञ्जाल फेसबुकमार्फत उनले घटनाप्रति दुःख व्यक्त गर्दै आफू यो खबरले स्तब्ध भएको उल्लेख गरेका छन् ।
उनले यस दुःखद घडीमा विमल एक्लो नभएको बताउँदै आफू लगायत सम्पूर्ण खेल जगत उनको पक्षमा रहेको र साथ नछाड्ने उल्लेख गरेका छन् । ‘विमल घर्ती मगरको बहिनीको दुखद निदनको खबरले म धेरै दुखी भए । विमल यो दुखद घडिको सामना गर्दै छिट्टै बाहिर निस्किने छन् । सम्पुर्ण खेल समुदाय तिम्रो साथमा छ ।’ बिमलकी बहिनी मनिषा बुधबार राति आफ्नै घरमा मृत फेला परेकी थिइन् ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.