मनिषाको हजुर बुवाले आशु झर्दै भने बाल्यकालमा मनिषाको स्याहारसुसार मैले गरेँ, अहिले मलाई स्याहार सुसार नातिनी गुमाएः नरबहादुर घर्ती मगर -
नवलपरासी, १४ जेठ ।
मानिस जन्मिएपछि मृत्यु अवश्यभावी नै हो । तर अकालमा वा कुनै घटना बिना । कतिपय अवस्थामा यस्ता घटना घटिदिन्छन जुन घटनाले आम जनमानसमा निकै ठुलो चोट पुग्न जान्छ ।
कतिवय अवस्तामा कुनै एउटा घटनालाई लिएर घटनाको आवश्यक बढाई चढाई सोचेर सनक चढेको समयमा गरेको निर्णयले निर्णय लिनेलेत दुःख पाँउछ नै जो माथी घटना घटेको हो एक पटक सोचौन उसको परिवारमा के कस्तो असर पर्ला
भनेर भर्खरै नवलपरासीमा घटेको घटना राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनीको हत्याको घटना छ । यो हत्या हो वा आत्माहत्या के हो भन्ने विषयमा अस्पतालले गरेको पोष्टमार्टमाको रिपोर्ट र प्रहरीको अनुसन्धानको अन्तिम नजितासम्म त हामी कुर्ने पर्ने हुन्छ । तर उनका साथी तथा परिवारको आफन्तको कुरा सुन्ने हो भने उनी कसैको आँखामा पनि नबिझाउने स्वभावकी थिईन ।
उनको हजुरबुबा नरबहादुर घर्ती मगर भन्छन ‘मेरो नातिनी साह्रै असल थिइन् ।
धेरै नबोल्ने, धेरै हिँडडुल नगर्ने बानी थियो । मलाई औधी माया गर्थी । बिहान–बेलुका मलाई खाना–पानी दिन्थिन् । बाल्यकालमा विमल र मनिषाको स्याहारसुसार मैले नै गरेँ । अहिले मलाई बुढेसकालमा स्याहार सुसार नातिनीले गर्थिन् ।’
हजुरबुबा नरबहादुर भन्छन‘ म घटनाको दिन छोरीको घर चितवन गएको थिएँ । चितवन जाँदा नातिनीले वुवा धेरै दिन नबस्नुहोला, २÷३ दिनमै फर्किनुहोला है भनेकी थिइ । झोलामा लुगा उसैले राखिदिएकी हो । ५ सय रुपैयाँ पनि दिएकी थिइन् ।
मैले चप्पल लगाएर जान खोज्दा मनिषाले चप्पल लगाए जाने होइन भन्दै चप्पल खोलेर राखीन् । र, विमलको जुत्ता लगाइदिएकी थिइन् मेरी नातिनीले । यदि म त्यो दिन घरमै बसेको सायद यस्तो हुने थिएन होला ।’ स्रोत अनलाईनखबर डटकम


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.