कुबेतमा के गर्ने, के नगर्ने ?

जेष्ठ १४, २०७३- 
खाडीमा नेपाली समुदायको उपस्थिति बलियो बन्दै गइरहेको छ । खाडीमा नेपाली नागरिलाई ‘महनती, इमानदारी र लगनशील’ रुपमा चिनिन्छ । यो नै नेपालीको ब्राण्ड हो । पछिल्लो समय कुबेतको प्रशासनमा भने नेपालीको परिचय दिनहुँ खस्किएको छ । 
 नेपालीको अवाञ्छित क्रियाकलापबाट नेपाली समाजकै बदनाम भइरहेको छ । हरेक दिनजसो स्थानीय सञ्चारमाध्यममा नेपालीहरु अपराधिक क्रियाकलापमा लागेको फोटो सहित घटनाहरु सार्बजनिक हुने क्रम जारी छ । केही दिनअघि कुबेतको सल्वा क्षेत्रमा प्रहरीले ‘रक्सी भट्टी’ नै फेला पार्‍यो । २५० वटा ड्रम र १५ सय बोत्तलमा रक्सी बनाएर राखिएको अबस्थामा काम गर्ने ७ नेपाली समातिए । जुन भट्टी नेपालीबाटै सञ्चालित थियो । अर्को घटना थियो, महबोयुलाको ।
 त्यस क्षेत्रबाट एउटा फ्ल्याट भाडामा लिएर संगठीत रुपमा यौन ब्यबसाय गरिरहेको अभियोगमा तीन जना नेपाली महिला पक्राउ परे । प्रहरी बिग्रेडियर अब्दुल्लाहा साफाहका अनुसार उनीहरु यौन ब्यबसायमा संग्लन थिए । छापा मार्दा पक्राउ परे ।
 परिबन्दमा परेका नेपालीलाई अपराधिक क्रियाकलापमा लगाउनेहरु नेपाली नै छन् । जेलभित्र मात्रै खोज्दै जाने हो भने हत्या, लागूऔषधजस्ता कार्यमा संलग्न अभियोगमा सजाय पाएका ३४ जना नेपाली जेलमा छन् । त्योसँगै नेपाली नेपालीबीच हुने मारपिटले अर्को रुप लिएको छ ।
 समूह समूहबीच झैझगडा हुने, हप्ता असूली कार्यमा देखिने कार्यले कुबेतमा नेपाली समाजप्रतिको छाप धमिलो हुँदै गइरहेको छ । हप्ता नदिएकै निहुँ एक नेपाली युबाको समूहबाट जनप्रगतिशील मञ्चका अध्यक्षमाथि सांघातिक आक्रमण भयो । 
 दूताबासलाई समस्यामा परेर निस्किएका महिलालाई अपराधीक क्रियाकलापमा प्रयोग गरेको प्रति अर्को चिन्ता छ । सिधै दूताबासमा पुगे त महिलाहरु सुरक्षीत भएर नेपाल फिर्छन् । दलालको हातमा परे भने झन दुख पाउने स्थिति छ । 
 २२ बर्षदेखि कुबेतमा कार्यरत बाङलुङका दिलबहादुर पुन मगर ‘सोझा नानीहरुलाई उद्धार गरेर राख्ने बहानामा अपराध जन्य कार्यमा लगाउने कार्य डरलग्दोसँग हिसाबले बढिरहेको’ मा चिन्ता गर्छन् । कुबेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमाललाई नेपाली समाजलाई कसरी जनचेतना दिने भन्नेमा चिन्ता थपिएको छ । स्थानीय कानूनलाई पूर्णरुपमा पालना गर्न नेपाली समाजलाई बारम्बार गर्दै उनी यतिखेर नेपाली बस्ने क्याम्पतिर दौडिन थालेका छन् । 
 ‘कुबेतमा बस्दा के गर्न हुने र के गर्न नहुने’ भनेर सूची लिएर बढ्न थालेका छन् । ‘कसैलाई पनि आँच आउने ब्यबहार हामीबाट गर्नु हुँदैन्’, उनी भन्छन्,‘प्रबासमा बस्दा सबैले आफ्नो र देशको इज्जत प्रतिष्ठा जोगाउने कार्य गर्नुपर्छ ।’ 
 गर्नुपर्ने काम कुबेतको कानुनको पालना राहदानी तथा आबासीय अनुमति (अकाम) को म्याद सकिनुभन्दा पहिले नै नयाँ राहदानी र आबासीय अनुमति लिने आफ्नो राहदानी, आबासीय अनुमति सिभिल आइडी, बैंक कार्डको फोटोकपी राख्ने । बिनाकारण त्यस्ता कागजपत्र कसैलाई नदिने नियमितरुपमा परिवारको सम्पर्कमा रहने रकम नेपाल पठाउदा बैंक मार्फत पठाउने कार्यस्थलमा समस्या वा गुनासा आएमा पहिला कम्पनीलाई खबर गर्ने । 
समाधान नभए दूताबासमा सम्र्पक गर्न आउने आफू कार्यरत कम्पनी, घरमालिक वा अरुले कसैले कुनै कागजातमा सही गर्न भनेमा राम्रोसँग बुझेर मात्रै सही गर्ने खानपिन, पहिरन र रहनसहनमा उचित ध्यान दिने बाटो काट्दा, ट्राफिक नियमको पालना गर्ने ।
 अरबी र अंग्रेजी भाषा जानकारी राख्ने ब्यक्तिसँग रकम लेनदेन गर्दा भपाई, प्रमाण राख्ने गर्न नहुने काम कुबेतको कानुन, धर्म र सस्कृति बिपरीतका काम लागूपदार्थ ओसारप्रसार सेवन एंब बेचबिखन मदिरा (जाँडरक्सी) उत्पादन, सेवा एंब बेचबिखन अनावश्यक जमघट, झगडा, होहल्ला, कुटपिट हतियार साथमा लिएर हिड्ने आर्थिक प्रलोभनमा परेर हाल कार्यरत घर/कम्पनीबाट भाग्ने गैरकानुनी रुपमा महिला एंब पुरुषसगै बसोबास कार्यस्थलमा हड्ताल अन्य ब्यक्तिको सिभिल आइडी, बैंक कार्ड प्राप्त गरेमा दुरुपयोग मदिरा सेवन गरेर सवारी साधन नचलाउनुहोला फेसबुक, ट्वीटर इमेलजस्ता सञ्जालको दुरुपयोग रमजानको समयमा निषेधित समयमा खानेकुरा खुलारुपमा खाने अत्याधिक गर्मीमा काम गरेपछि तुरुन्तै चिसोमा बस्ने, चिसो खानेकुरा खाने

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.