बलिउड अभिनेता सलमानको फार्म हाउस - तस्बिरमा हेर्नुहोस्






एजेन्सीः बलिउड अभिनेता सलमान खानले सञ्चालन गरेको मुम्बईको पनवेलस्थित फार्म हाउस विभिन्न पार्टी तथा सामाजिक संघसंस्थाले आयोजना गर्ने कार्यक्रमका लागि चर्चित छ । सलमानले खेलेको सुपरहित फिल्म ‘बजरंगी भाइजान'का केही दृश्य पनि उनकै फाम हाउसमा शूट गरिएको थियो ।
 पनवेलमा रहेको सलमानको यो फार्म हाउसको नाम अर्पिता फाम्र्स राखिएको छ । अर्पिता उनकी बहिनी हुन् । यो फार्म एक सय ५० एकर्ड क्षेत्रफल भएको जमिनमा अवस्थित छ । घोडचडीमा शोख भएका सलमानको फार्महाउसमा घोडासहितका घरपालुवा जनावर राखिएको छ । 
उनीहरुको रेखदेखका लागि ठूलो क्षेत्र बनाइएको छ । अगाडिबाट देखिएको सलमानको फाम हाउस सोही फार्महाउसमा धेरै समय बिताउने सलमान अहिले उनकी गलफेन्ड लूलिया वन्तुरका साथ देखिने गरेका छन् । शारीरिक कसरतलाई ध्यानदिने सलमानले आफ्नो फाम हाउस परिसरमा सुविधासम्पन्न जीम हाउसका साथै ठूलो क्षेत्रफल भएको स्वीमिङ पुल पनि बनाइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.