कस्ले भन्यो कोमल वलीलाई ‘आई लभ यु’ ?
२०७३ जेठ ११ गते
काठमाडौं । ‘तरुनी’ नाम राखेर एलबम निकाल्ने तयारीमा छिन् कोमल वलि । तरुनी शब्दले नेपाली समाजमा विषेश अर्थ राख्छ भन्ने कोमलले यो झर्रो नेपाली शब्द भएकाले पनि एल्बमको शीर्षक छनौट गरेको बताउँछिन् ।
एल्बमको नाम तरुनी भएपनि सबै पुस्ताको गीतले स्थान पाउने उनले बताइन् ।
‘नाम तरुनी भएपनि बच्चा बच्चीदेखि हजुरआमा पुस्ताले सुन्ने गीतले समेत स्थान पाउँछ ।’ अनलाइनखबरसँग कुरा गर्दै कोमलले भनिन् ।
आफुलाई तन्नेरी पुस्ताको दाबी गर्ने गायिका कोमलको प्राय गीतमा विवाह गर्न मन लागेको तर, योग्य बर नभेटिएको भाव भेटिन्छ । एल्बमको तयारी गर्दै गर्दा उनले अर्को एउटा गीत गाएकी छिन् भन्ने त धेरैछन् रे सारै क्युटी छ्यौ रे ।
महादेबलाई फकाई फकाई पोई माग्ने हौरे
ख्यालै भएन मलाई ख्यालै भएन
आई लभ यु कल्ले भन्यो चालै भएन
मै मोरी नक्कलीलाई बालै भएन…
करण न्यौपानको शब्द संगीत रहेको यस गीतमा कोमलले स्वर दिएकी छिन् ।
करण दाङको भाई भएको जानकारी दिँदै कोमल भन्छिन् ‘भाइले मलाई सुहाउने गीत बनाएको रहेछ त्यही भएर गाँए ।’
यस गीतको भिडियोमा पनि कोमल आफैंले अभिनय गर्ने भएकी छिन् । भिडियोमा केही पुरुष कलाकार भएपनि उनको हिरो कुनै सिंगल पुरुष हुने छैनन् ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.