नेपालीका करेसाबारीमा तरकारी नभई विष फल्दै

१३ जेठ २०७३ 
तरकारीमा हुने अत्याधिक विषादिको प्रयोगले गम्भीर स्वास्थ्य समस्या निम्तिदै नेपाली समाजका करेसा बारीमा तरकारी नभई विष फल्न थालेको छ । तरकारीमा हुने अत्याधिक विषादिको प्रयोगले आम नेपाली तरकारीको रुपमा मन्द विष सेवन गर्न बाध्य बनाइएका छन् । देशभर खपत हुने विषादि मध्ये ९२ प्रतिशत विषादि त तरकारीमा मात्र प्रयोग हुने गरेको तथ्य फेला परेपछि आम नेपाली प्रत्येक गाँसमा मृत्यु सेवन गर्न बाध्य छन् । 
 पछिल्लो समय फलफुल तथा तरकारीमा अत्याधिक बिसादी प्रयोग भएकोले आम उपभोक्ता को स्वास्थ्यमा गम्भीर असर परेकोप्रति चिकित्सकहरुले चिन्ता व्यक्त गरेका छन् । नेपालमा तरकारीमा विषादिको अन्धाधुन्ध प्रयोगले पछिल्लो समय आम उपभोक्ताको स्वास्थ्य जोखिममा परेको छ । आम उपभोक्ता छाकैपिच्छे खाना नभई थालमा विष पस्किरहेका हुन्छन् ।
 नेपालमा खपत हुने बिषादीमध्ये ८ प्रतिशतमात्र खाद्यान्न बालीमा उपयोग हुन्छ।बाँकी ९२ प्रतिशत टमाटर, काउली, भण्टा सिमी लगायत दैनिक उपभोग्य तरकारी उत्पादनमा प्रयोग हुने गरेको छ । चिकित्सकहरुका अनुसार बिषादीयुक्त तरकारी खाँदा क्यान्सर, पक्षाघात, अन्धोपन, ट्युमर, गर्भ तुहिने, नपुंसकता, मिर्गौलालगायत जटिल रोग लाग्ने खतरा हुन्छ । 
 जनस्वास्थ्यमा गम्भीर असर पार्ने चाँडो रोग किरा नियन्त्रण गर्न, फलफूललाई आकर्षक बनाउन, छिट्टै र धेरै फलाउन किसानहरूले घातक र प्रतिबन्धित बिषादीहरूको प्रयोग गर्दै आएका छन् । नेपालमा स्वास्थ्य समस्या विकराल वन्नुमा यस्तै विषादीयुक्त तरकारी र फलफुल खाद्यन्नमा मिसावट जस्ता कारण भएको चिकित्सकहरुको निष्कर्ष छ । 
 फलफुल तरकारीमा यसरि मानव स्वस्थ्यको लागि घातक बिषादी प्रयोग भैरहंदा पनि सम्बन्धित निकायले ध्यान नदिएको मा चिकित्सकहरुले आक्रोश समेत व्यक्त गरेका छन् । सरकारले मानब स्वास्थ्यमा गम्भीर असर परिरहेको तरकारीमा बिषादी प्रयोगलाइ नियन्त्रण गर्न आवश्यक छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.