सोह्र वर्षकी किशोरीले जन्माइन तिम्ल्याहा शिशु
जुम्ला, पातारासी–२ तल्फीगाउँकी १६ वर्षीया किशोरी सङ्गीता बोहोराले तीनवटा शिशु जन्माएकी छन् ।
उनले आज कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा तीनवटा शिशु जन्माएकी हुन् ।
पहिलो एक हजार ४०० ग्राम, दोसो ८५० ग्राम र तेस्रो बच्चा एक हजार ४०० ग्रामको जन्मिएको अस्पतालका नर्सिङ अधिकृत सविना थापाले जानकारी दिनुभयो ।
पहिलो र दोस्रो शिशु जीवितै अवस्थामा जन्मिएका छोरा हुन् भने तेस्रो सन्तान छोरी भने मृत अवस्थामा जन्मिएको हो । आमाको स्वास्थ्यावस्था भने सामान्य रहेको बताइएको छ


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.