लुलियासँग सलमानको बिहे ?

जेष्ठ १३, २०७३- 
 बलिउडमा सबैभन्दा बढी चासोको विषय हुन्– अभिनेता सलमान खान । त्यसमाथि उनको विवाहको कुरा सधैं सबैको पहिलो चासो बन्छ । उनले विवाह गर्ने विषय मिडियाका लागि स्कुप नै हुन्छ । केही रोमान्टिक तस्बिर भेटिए, त्यसले हंगामा नै क्रिएट गर्छ । 
 पछिल्ला केही समय यता रोमानियाकी मोडल लुलिया वन्तुरका साथमा सलमानले डेट गरिरहेको बताइन्छ । यसलाई पुष्टि गर्ने बलियो आधार त छैन, यद्यपि उनीहरू अक्सर साथसाथै देखिने भएकाले बी टाउनमा सलमानले लुलियासँग विवाह गर्दैछन् भनेर चर्चा चुलिएको छ । 
गत साता मुम्बई एयरपोर्टमा देखिएको एक दृश्यले लुलिया सलमानसँग धेरै नै नजिक छिन् भन्ने कुरा प्रष्ट हुन्छ । सलमान आफ्नी आमा सलमाका साथमा एयरपोर्टमा देखिएका थिए । त्यहाँ उनीहरूका अतिरिक्त लुलिया पनि थिइन् । 
 लुलिया सलमानकी आमाको हात समात्दै उनलाई गाडीतर्फ लाँदै थिइन् । उक्त तस्बिरले सलमानको परिवारले लुलियालाई स्वीकार गरिसकेको कुरा पुष्टि गरेको भारतीय सञ्चारमाध्यमहरूको दाबी छ । यसबीच केही मिडियाले सलमान र लुलियाले डिसेम्बरमा विवाह गर्दै छन् भनेर लेखेका छन् । उनीहरूबीचको सम्बन्ध विवाहमा परिणत होला कि नहोला भन्ने कुरा समयले नै पुष्टि गर्नेछ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.