ऐश्वर्या रिसाउनुको कारण यस्तो पो रहेछ,,सलमान खानसँग

मंगलबार, ११ जेष्ठ, २०७३ 
मिडियामा कुल व्यवहार देखाउने नायिका ऐश्वर्या राय बच्चन ‘सर्वजित’ फिल्मको अन्तवार्तामा एकाएक रिसले आगो भइन् । उनलाई एक फिल्म पत्रकारले सलमान खानसँग जोडेर प्रश्न गरेपछि उनी रिसले आगो भएकी हुन् । सर्वजित फिल्म बारे अन्तवार्ता चलिरहँदा उनलाई एक पत्रकारले अब सलमान खानसँग फिल्म गर्नुहुन्छ कि हुन्न भनेर प्रश्न गरेका थिए । 
ऐश्वर्या प्रश्न सुन्ना साथ बसेको ठाउँबाट उठेर गाली गरिन् । स्टपव्वाइले दिएको जानकारी अनुसार उनले उक्त समय सबै क्यामरा अफ गर्न लगाएकी थिइन् । त्यस्तै रेकर्ड भएको अन्तवार्ता समेत मेटाउन लगाएकी थिइन् । बिगतमा यस्ता प्रश्नहरुको सजिलै उत्तर दिएर मिडियामा राम्रो छबि बनाएकी उनको यो हर्कतले सबैलाई अचम्ममा पारेको छ ।
 रियो ओलम्पिक्समा भारतको टिमको लागि एम्बेसडर नियुक्त भएका सलमान खानबारे ऐश्वर्यालाई प्रश्न गरिएको थियो । उनले भनेकी थिइन्,‘ देशको लागि जसले राम्रो काम गर्छ उसले देशको लागि नेतृत्व दिनु राम्रो हो । खेलकुद, आट्र्स। म्युजिक लगायत कुरामा भारतले राम्रो प्रगति गरेको छ । यसको मुल्यांकन हुनु राम्रो कुरा हो ।’ मिडियासँग खुलेर बोल्ने ऐश्वर्या अनेपक्षित व्यवहार देखाएका कारण धेरै जना अचम्ममा परेका छन् ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.