चुम्बनका कारण युवतीको ज्यान गएपछि...

मंगलबार, ११ जेष्ठ, २०७३ 
भनिन्छ मायामा संसार भुलिन्छ । मायामा केही युवा युवतीहरु अचम्म अचम्मका हर्कत समेत गर्न रुचाउँछन् । जुन कहिले प्रख्यात हुन्छन् त कहिले ज्यानै जाने खालका पनि हुन्छन् । ब्रिटेनको समरसेट ठाउँमा यस्तै घटना घटेको छ ।
 चुम्बनका कारण एक युवतीको ज्यान गएको छ । समरसेटमा बस्दै आइरहेकी केट बैगबल आफ्नो बोइफ्रेण्ड क्रेगको साथमा पवबाट फर्किएकी थिइन् । चलिरहेको कारमा क्रेगलाई चुम्बन गर्न मन लागेछ । उनले चलिरहेको कारमा केटलाई चुम्बन गर्ने कोशिस गरे । क्रेगले चुम्बन त गरे तर कारलाई नियन्त्रणमा भने लिन सकेनन् । 
 कार सडकको किनारमा गएर ठोकियो र नदीमा खस्यो । क्रेग आफु बाँच्न सफल भए तर प्रेमीकालाई भने बचाउन सकेनन् । बोइफ्रेण्ड क्रेगलाई त्यस घटनापश्चात २१ महिनाको जेल सजाय भएको छ । उनलाई ४ वर्षका लागि सवारी साधान चलाउन प्रतिबन्ध लगाइएको छ ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.