बिहारमा रक्सी प्रतिबन्धित भएपछि नेपाल छिर्न थाले भारतीय - रौतहटमा ७० जना पक्राउ
११ जेठ,
काठमाडौं – बिहार सरकारले राज्यमा रक्सीलाई प्रतिबन्धित गरेपछि सीमा क्षेत्रमा रहेका भारतीयहरु नेपाल पसेर रक्सी पिउने गरेको पाइएको छ । गत हप्तामात्र रौतहट प्रहरीले हालसम्म ५० भन्दा बढी भारतीयलाई नेपाली भूमिबाट पक्राउ गरेको एसपी गणेश रेग्मीलाई उद्धृत गर्दै भारतीय मिडियाहरुले जनाएका छन् । केही दिनअघि बिहारको सितामढीबाट नेपालमा रक्सी पिउनकै लागि आएका ९ भारतीयलाई प्रहरीले पक्राउ गरेको थियो ।
पछि फेरि नेपाल नछिर्ने शर्तमा रिहा गरिएको मिडिया रिपोर्टमा बताइएको छ । डिएसपी नबिल कृष्ण भण्डारीलाई उद्धृत गर्दै उनीहरुसँग १ हजार रुपैयाँ जरिवना लिइएको उल्लेख गरिएको छ । प्रहरीले गौर–४ स्थित दुई रक्सी पसलका सञ्चालकलाई पनि पक्राउ गरेको छ ।
प्रहरीले अहिले ६ बजेपछि सीमा छेउका रक्सी पसलहरुमा छापा मार्ने गरेको छ । यसलाई नियन्त्रण गर्नका लागि भारतीय र नेपाल प्रहरीले सहकार्यसमेत गरिरहेको छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.