‘मेरी बहिनीको आत्महत्या होइन हत्या हो’
११ जेठ,
वीरगञ्जको मुर्ली टोलस्थित आफ्नै घरमा मृत फेला परेकी महिला राधा साहले आत्महत्या नगरी उनको हत्या भएको राधाका माइती पक्षले आरोप लगाएका छन् ।
वीरगञ्जको मुर्ली बगैंचा–१५ की राधादेवी साहकानुलाई उनका पतिका परिवारले यातना दिई हत्या गरेको महिलाका दाजु जितेन्द्रप्रसाद गुप्ताले आरोप लगाएका छन् ।
वाराको गढीमाईकी राधाको तीन महीनाअघि १० फागुनमा वीरगञ्ज मुर्ली बगैंचाका सुवासप्रसाद साहसँग बिहे भएको थियो ।
उनी ७ जेठ बिहान आफ्नै कोठामा (पतिको घरमा) झुण्डिएको अवस्थामा फेला परेकी थिइन् ।
५ जेठमा माइतीबाट घर फर्केकी बहिनीको ७ जेठ विहान मृत्यु भए पनि घटनाको जानकारी माइती पक्षलाई वेलुका ५ बजे मात्रै दिइएको र त्यसअघि कबोल अनुसार दाइजो नल्याएको भन्दै उनका सासु ससुराले प्रताडित गरेको मृतकका दाई जितेन्द्रले आरोप लगाए ।
उनका अनुसार विवाहका बेला रु २५ लाख दाइजो दिने सहमति भएकोमा तीन महीनाभित्र पटक पटक गरी २३ लाख दिइएको र बाँकी दुई लाख दिन बाँकी थियो । दाइजो वापत कवोल गरेको रकम समयमै नदिएको भन्दै राधालाई उनका सासु–ससुराले विभिन्न लान्छना लगाउने र रकम लिन माइती पठाउने गरेका थिए ।
दाइजो पूरा नल्याएको निहुँमा बहिनीमाथि कुटपिट समेत हुने गरेको जितेन्द्रको दाबी छ ।
पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले भने पोष्टमार्टमको रिपोर्ट आएपछि मात्रै के भएको हो भन्न सकिने बताएका छन् ।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको तर, शवको पोस्टमार्टम सकिए पनि रिपोर्ट प्राप्त भइनसकेको जनाएको छ ।
मानवअधिकार तथा महिलाअधिकारकर्मीहरुको उपस्थितिमा १० जेठमा आयोजना गरिएको पत्रकार समेलनमा मृतकका आफन्तले राधाले कुनै हालतमा आत्माहत्या गर्न नसक्ने भन्दै सबैको मिलोमतोमा दोषिलाई उन्मुक्ति दिन प्रयास भइरहेको आरोप लगाए ।



0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.