पुरुषलाई प्रश्नः के तपाईं नर्मल ‘साइजवाला’ हो ?लिंगको आकार
२०७३ जेठ १२ गते
सीएनएन – मेरो लिंगको आकार कत्तिको ठीक छ ? प्राय पुरुष यही प्रश्नले घोतलिन्छन् । डाक्टरको जवाफ नआएसम्म उनीहरुलाई चित्त बुझ्दैन । यसै विषयमा ब्रिटिश जर्नल अफ युरोलोजीमा एउटा अध्ययन पनि सार्वजनिक भएको छ । शीर्षक छ – एम आई नर्मल ?
‘पुरुषका आफ्ना केही मानसिक र मनोवैज्ञानिक विषयका कारण उनीहरुले आफ्नो लिंग सामान्य रहेको ठान्दैनन्,’ अध्ययन टोलीका सदस्य मध्येका एक गोर्डन मुइर भन्छन् । अर्थात् लिंगको आकारलाई लिएर अधिकांश पुरुषमा गुनासो र आंशका हुन्छ ।
के हो नर्मल साइज ?
सो अध्ययनमा किंग्स कलेज लन्डनका अनुसन्धानकर्ताहरुले २० भन्दा बढी तथ्यांकलाई विश्लेशण गरेका थिए । अध्ययनमा १५ सय पुरुष सहभागी थिए ।
प्राय सबैको लिंगको औषत साइज मापन गरिएको थियो । लुलो हुँदा लिंगको औषत लम्बाई ३ दशमलब ६१ प्रतिशत रहेको थियो । उत्तेजित हुँदा ५ दशमलब १७ इन्च थियो । लुलो हँुदा औषत परिधी ३ दशमलब ६७ र उत्तेजित हुदा ४ दशमलब ५९ रहेको थियो ।
‘लिंग ठूलो बनाउने विषयमा ठूला–ठूला प्रचार भइरहेका बेला वैज्ञानिक अध्ययनले सो आकारलाई सामान्य मानेको छ,’ अमेरिकाका सेक्स विज्ञ आइएन केर्नर भन्छन् । ‘पोर्न उद्योगमा सामान्य मापदण्ड पूरा गरेका लिंगलाई पनि सानो भन्ने भ्रम छ । तर, त्यस्ता मान्यतलाई अध्ययनले गलत साबित गरेको छ,’ उनी थप्छन् ।
अध्ययन किन महत्वपूर्ण ?
आफ्नो लिंगको आकारबारे चासो राख्दै धेरै मानिस चिकित्सकहाँ पुग्छन् । ‘यसकै कारणले मानिसमा जीवन भरको समस्यामा परेका छन्,’ उनी भन्छन । यसअघि आफ्नो असामान्य लिंगको आकार भन्दै ४० वर्षसम्म सम्बन्ध नगाँसेका पुरुषलाई यो अध्ययनपछि चिकित्सकले सामान्य रुपमा सुझाउने उनको विश्वास छ ।
सन् १९९६ मा युनिर्भसिटी अफ क्यालिफोर्नियाले गरेको एक अध्ययनमा केबल २ दशमलब २८ प्रतिशत पुरुष जनसंख्यामा सानो लिंग सानो आकार भएको मान्न सकिने उल्लेख छ । माइक्रो पेनिस समेत भनिने यस समस्याले ० दशमलब १४ प्रतिशत प्रभावित भएका थिए ।
लिंगबारे सहररियाको के छ किस्सा ?
लिंगको लम्बाईलाई र मोटाइ अन्य शारीरिक मापन जस्तै तौल, आंैलाको लम्बाई, पैतालाको आकार र शरिरको उचाईमा पनि भर पर्छ ।
‘सामान्यतया अग्ला मानिसको ठूला हात, मुटु, पन्जा इत्यादि हुन्छ, यसको प्रभाव लिंगमा पनि देखिन्छ,’ केर्नर भन्छन् ।
‘तर यस्तो भिन्नता सेन्टिमिटर वा इन्च भन्दा पनि मिलिमिटरमा फरक देखिन्छ,’ उनी भन्छन् । लिंगको आकारका पछाडि मानिसको जातीय पृष्ठभूमि र संस्कृतिले पनि असर गर्ने बताइन्छ (काला मानिसको तुलनामा एशियाली पुरुषको लिंग सानो हुने आम मान्यता छ ) । तर, अध्ययनले यसलाई समर्थन गरेको छैन ।
केर्नरका अनुसार यस्ता मान्यताले मानिसको यौन सम्बन्धि आत्मविश्वासलाई प्रभाव पार्छ ।
आकारले साँच्चै प्रभाव पार्छ ?
लिंगको आकार र यसको महत्वबारे यसअघि गरिएका अध्ययनले लिंग आकारको विषय पुरुष भन्दा पनि महिलाको चासोको विषय थियो । २००६ को युनिर्भसिटी अफ क्यालिफोर्नियाको अध्ययनमा ८५ प्रतिशत महिला पुरुष लिंगको आकारप्रति पूर्ण रुपमा सन्तुष्ट रहेको बताएका थिए ।
तर, केबल ५५ प्रतिशत पुरुष आफ्नो लिंगप्रति सन्तुष्ट थिए ।
‘औषत योनी केबल तीन देखि चार इन्च गहिरो हुन्छ । तसर्थ प्राय पुरुषले आफ्नो लिंगको औषत मोटाइले नै महिलालाई सन्तुष्टि दिएका हुन्छन्,’ केर्नर भन्छन् ‘सेक्स थेरोपिष्टको हैसियतले मेरो बुझाई के छ भने कुनै पनि पुरुषको लिंगको आकार सानो भन्दा पनि ठूलो मानिन्छ । ’
‘लिंगको जस्तोसुकै आकार भएपनि प्राय यौन सम्बन्धमा महिला भंगाकुरलाई उत्तेजित बनाउनसफल हुन्छन्,’ केर्ननर थप्छन्, ‘महिलाको यौन सन्तुष्टिबारे चासो देखाउने पुरुषले आफ्नो लिंगको आकार र मोटाइबारेमा चिन्ता लिनु आवश्यक छैन ।’


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.