फुटबलर विमल घर्ती मगरकी बहिनीको हत्या
१३ जेठ, काठमाडौं ।
नेपाली फुटबल टोलीका युवा स्ट्राइकर विमल घर्ती मगरकी बहिनीको हत्या भएको छ ।
manisaविमलकी बहिनी १७ वर्षीया मनिषा नवलपरासीको बर्दघाट ८ भुताहस्थित आफ्नै घरमा मृत अवस्थामा भेटिएकी हुन् । गएराति उनी घरमा एक्लै थिइन् ।
उनकी आमा वुटबल गएको बताइएको छ ।
विहान मनिषा मृत अवस्थामा भेटिएको भन्दै गाउँलेले खबर गरेपछि प्रहरी टोली पुगेको थियो ।
अहिले उनको शव परासीस्थित पृथ्वीचन्द्र अस्पतालमा ल्याइएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.