अमेरिकाको बर्गरले मोटाइन् केकी
नायिका केकी अधिकारी केही दिन अघि मात्र नेपाल आएकी हुन् । अमेरिकामा आयोजना भएको सांकृतिक कार्यक्रममा सहभागी भएर उनी नेपाल फर्किएकी हुन् ।
केकी यो सहित दोश्रो पटक अमेरिका पुगेकी थिइन् । तर, अमेरिकाबाट आएपछि केकीमा चिन्ता बढेको छ । चिन्ता बढ्नुको मुख्य कारण हो उनको तौल बढ्नु ।
केकी अमेरिकामा बर्गर मात्र खाएकाले मोटाएको बताउँछिन् । कार्यक्रमको सिलसिलामा दौडनुपर्ने र बर्गर नै सजिलो खाना भएकाले मोटाइएको केकीको भनाई छ । उनी यसपटक ५ केजी भन्दा बढी मोटाएकी छिन् ।
अब, फेरि दुब्लाउनुपर्छ भन्ने योजनामा छिन् केकी । तर, केकीको तौल सधै नै आलोचनाको बिषय बन्ने गरेको छ । चलचित्रको पर्दामा मेन्टेन गरिएको शरीर नदेख्दा दर्शकले आलोचना गर्ने गरेका छन् । अब, नयाँ चलचित्र खेल्नु अगाडि केकीले बर्गरले मोटाएको शरीरलाई घटाउने कि ?Keki-Adhikari (6)Keki-Adhikari (9)



0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.