नेपालीले जिते युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायी अवार्ड
२०७३ जेठ १३
तेलिस्बोन । पोर्चुगलमा एक नेपालीले युरोपकै उत्कृष्ट सिर्जनशील व्यवसायी अवार्ड आरेस्प २०१६ को उपाधि जितेका छन्।
दुई दशक देखि पोर्चुगलमा बस्दै आएका बाग्लुङका टंक सापकोटाले बुधबार उक्त अन्तर्राष्ट्रिय अवार्ड जितेका हुन्।
इटालियन खानाका सेफ एवं व्यवसायी सापकोटाले अनलाईन भोटिंग मार्फत अवार्ड हात पारेका हुन्। सापकोटालाई जिताउँन युरोपबासी नेपाली समुदाय लगायत देश तथा विदेशबाट नेपालीहरुले भोट गरेका थिए।
पोर्चुगल भरिका उत्कृष्ट ७ जना ब्यवसायी मध्येबाट उनी मनोनयनमा परेका थिए।
यसअघि पनि थुप्रै अवार्ड जितिसकेका सापकोटाले लिस्बोनमा आफ्नै कोमो प्रिमा रेष्टुरेन्ट पनि संचालन गर्दै आएका छन्।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.