नेपालको बिजुली चीन सप्लाई हुन्छः ओली
१३ जेठ, काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा बिजुली उत्पादन गरेर चीन सप्लाई गर्ने नयाँ घोषणा गरेका छन् ।
उनले केही वर्ष्भित्र नेपालमा उत्पादन हुने विजुली धेरै हुने र चीन वा भारततर्फ सप्लाई नगरी नहुने दावी गरेका आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।
‘रसुवागढी-केरुङ प्रसारण लाइनको सम्भाव्यता अध्ययन गर्न दुई मुलुकबीच सहमति भइसकेको छ, केरुङसम्म आइसकेको छ, प्रधानमन्त्री ओलीले भने,’केही वर्षपछि नेपालमा बढी विद्युत उत्पादन हुन्छ, त्यसलाई भारत या चीनमा बेच्नुको बिकल्प छैन ।’
गोरखा र धादिङका सांसद राजनीतिक दलका नेतालगायतसँगको भेटमा प्रधानमन्त्री ओलीले रसुवाको चिलिमेबाट केरुङसम्म प्रसारण लाइन बनाएर विद्युत बिक्री गर्ने बताए ।
१२ सय मेगावाटको बुढीगण्डकी जलविद्युत आयोजनाका विषयमा छलफलका लागि उनीहरु प्रधानमन्त्रीसँग भेट्न गएका थिए ।
२०७३ जेठ १३ गते ६


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.