रामेछापमा जिप दुर्घटना हुँदा ५ को मृत्यु, ८ जना गम्भिर घाइते
१३ जेठ, रामेछाप ।
रामेछापमा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । ८ जना घाइते गम्भिर घाइते भएका छन् ।
accidentरामेछाप बजारबाट हिमगंगा गाविसको चिलाउनेतर्फ जाँदै गरेको ना १ ज ४१६१ नम्बरको टाटासुमो जिप रामेछाप नगरपालिका १ को ओख्रेनीमा दुर्घटना भएको हो ।
मोड काट्ने क्रममा मोडबाट उछिट्टिएर जिप सडकबाट झण्डै १ सय ५० मिटर तल खसेको स्थानीय युगराज पाखि्रनले जानकारी दिए । घटनामा परी ५ जनाको मृत्यु भएको छ ।
तर, उनीहरुको पहिचान खुलेको छैन ।
घटनामा परि हिमगंगा गाविस ७ की २१ वर्षीया पुष्पा मगर, सोही गाविस १ का १५ वर्षीय नवराज मगर, हिमगंगा २ की २७ वर्षीया जेनीमाया तामाङ, ३५ वर्षीया लालकुमारी तामाङ र ५४ वर्षीय एकबहादुर आलेको मृत्यु भएको छ ।
दुर्घटनामा परि घाइते भएको ८ जनालाई उपचारको लागि रामेछाप जिल्ला अस्पताल रामेछाप बजारमा लगिएको


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.