सिंहदरबारमा अर्को समूहले ‘होली’ खेल्यो
१३ जेठ, काठमाडाैं ।
एक हुल पत्रकार जम्मा पारेर रंग छ्याप्दासम्म प्रहरीले थाहा पाएन
१३ जेठ, काठमाडाैं । सिंहदरबारमा रंग छ्यापेको आरोपमा पक्राउ परेका दुई युवालाई प्रहरीले छाडेलगत्तै एउटा समूह आएर त्यही हर्कत दोहोर्याएको छ ।
अस्ति रातो छ्यापिएको भित्तोमा सेतो पोतेर चिटिक्क पारिएको थियो, तर फेरि उस्तै भएको छ ।
केही फोटोपत्रकारहरुलाई ‘बेलुकी ३ बजे सिंहदरबारमा रंग छ्याप्ने योजना छ’ भनेर खबर गरिएको थियो । त्यही सूचनाका आधारमा पुगेका पत्रकारहरु प्रहरीको आँखा छलेर सिंहदरबार वरपर बसिरहे । दुई घन्टासम्म कोही आएन ।
तर, बेलुकी ५ बजे एउटा समुह वाणिज्य बैंकको अगाडि कुनामा आएर थुपि्रयो । समुहमा ६ जना थिए । उनीहरुसँग मिनरल वाटरका केही बोतल थिए । उनीहरुले गोजीबाट रंग निकालेर पानीमा भिजाए अनि होली खेलेझैं गरी एक अर्काको अनुहार र शरीरमा दल्न थाले । पत्रकार भटाभट फोटो खिच्न थाले । उनीहरुले बोतलमा पनि रंग हालेर घोले ।
)पत्रकारहरु वरिपरीबाट फोटो खिच्न थालेपछि बल्ल प्रहरीले मेसो पायो । रंग छर्किएका युवाहरुले भाग्ने प्रयास गरेनन् । उनीहरु पक्राउ दिन इच्छुक देखिन्थे । उनीहरुलाई प्रहरीले पक्राउ गरेर लगेको छ ।
रंग छ्याप्ने युवाहरुले आफूहरु इशान अधिकारीकै साथी भएको बताउँदै थिए । सिंहदरबारका डिएसपी प्रजित केसीले आज रंग छ्याप्ने समुह कोबाट परिचालित छन् भन्ने खोजविन भइरहेको बताएका छन् ।







0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.