सवारी दुर्घटना, चारको मृत्यु, १६ घाइते

१२ जेठ, नवलपरासी । 
पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैंडाकोट नगरपालिका ११ हर्कपुरमा भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ ।
 बा २ क ११३७ नम्बरको मिनि ट्रक बुधवार विहान ५ बजे दुर्घटनामा परेको थियो । रुखमा ठोकिएर भएको दुर्घटनामा २ जनाको घटना स्थलमा र अन्य दुर्इकाे उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गैडाकोटका प्रहरी हवल्दार कमल कुवरले जानकारी दिए । उनीहरुको सनाखत भएको छैन । 
 अन्य १६ जना घाइते भएका छन् । घाइतेहरुको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । मिनी ट्रकमा चालक सहित १८ जना सवार थिए

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.