बार्सिलोनाले सबथोक दियो, तर अर्जेन्टिना फर्कन चाहन्छुः मेस्सी

१२ जेठ, काठमाडौं । 
लिओनल मेस्सीले आफ्नो जीवनको अधिकांश समय स्पेनमा विताए । तर, पाँच पटकका विश्व वर्ष खेलाडी अन्नत आफ्नो देश अर्जेन्टिना फर्कन चाहन्छन् । मेस्सीलाई रोसारियोबाट स्पेन लैजाँदा उनी मात्र १३ वर्षको मात्र थिए ।
 बार्सिलोनामै हुर्किएका उनले एकपछि अर्को सफलता चुने । आफ्ना नाममा अनेकौं कीर्तिमान समेत बनाएका छन् । ‘बार्सिलोनाले मलाई सबै थोक दिएको छ । तर, म अर्जेन्टिना फर्कनुपर्छ, स्पोर्टस इलस्ट्रेटेडलाई दिएको अन्तर्वार्तामा मेस्सीले भनेका छन् । उनले अघि भने, म यहाँ -बार्सिलोनामा हुर्किएँँ र मैले मेरो जीनवको आनन्द लिएँ । 
तर, एक दिन म (अर्जेन्टिना) पर्कनुपर्छ ।’ बार्सिलोनामा मेस्सीले जति सफलता पाए, अर्जेन्टिनाबाट सकेनन् । उने भनेका छन्, यो राम्रो हो कि म बार्सिलोनाबाट खेल्दैछु । तर, अर्कोतिर आफ्नो घर छाड्नु कठिन छ ।’ अर्जेन्टिना अहिले कोपा अमेरिका खेल्ने तयारीमा छन् । २८ वर्षे मेस्सीको लक्ष्य भने राष्ट्रिय स्तरको उपाधि जित्नुछ । 
 हामी यो अवसरलाई सदपुयोग गर्न प्रयास गर्छौं । हामी ठूलो प्रातियोगिताको च्याम्पियन हुन योग्य छौं, उनले भने । २०१५ मा अर्जेन्टिना कोपा अमेरिकाको फाइनलमा पेनाल्टीमा चुकेको थियो । उसो त २०१४ मा अर्जेन्टिना विश्वकपमा पनि फाइनलमा जर्मनीसँग पराजित भएको थियो

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.