आफ्नै छोरी बेच्न र बलात्कार गर्न खोजेपछि.
जेष्ठ १२ बुधवा
धादिङः आफ्नै छोरीलाई ललाइफकाइ दलालको हातमा बिक्री गर्न लागेका नुवाकोट जिल्ला उर्लेनी बस्ने ४८ वर्षीय एक जनालाई प्रहरीले पक्राउ गरी मङ्गलबार साँझ जिल्ला अदालतमा पेस गरेको छ ।
झापा जिल्ला दमक नगरपालिका–११ का ४३ वर्षीय प्रकाशकुमार आचार्यसहितलाई प्रहरीे पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपेन्द्र पञ्जीयारले जानकारी दिए ।
आचार्यमार्फत विदेश बेच्न लान लागेको आशङ्कामा धादिङको नौबिसेबाट उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दियो ।
अभियुक्त दुवैलाई मानव बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरी जनाएको छ ।
यसैगरी, ४ वर्षीया एक धर्मपुत्रीलाई बलात्कार गरेको आरोपमा कुम्पुर गाविस–४ का ४८ वर्षीय एक जनालाई मङ्गलबार प्रहीले पक्राउ गरेको छ ।
पटकपटक बलात्कार गरेको पीडित बालिकाले आमालाई भनेपछि अभियुक्त बाबुलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको जिल्ला प्रहरी कार्यालये जानकारी दिएको छ ।
अभियुक्त बाबुलाई बलात्कार गरेको अभियोगमा मुद्दा चलाउने प्रहरीले जानकारी दिएको छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.