चिनियाँ रेल २०२० सम्ममा नेपाल आइपुग्ने

१२ जेठ, काठमाडौं । 
चीनको रेल आउँदो सन् २०२० सम्ममा नेपाल आइपुग्ने चिनियाँ सरकारी मुखपत्र ग्लोबल टाइम्सले मंगलबार जनाएको छ । सो अवधिमा रसुवागढीसम्म रेलमार्ग पुग्ने र त्यसपछि काठमाडौं जोड्न सजिलो हुने सो पत्रिकामा चिनियाँ पक्षको अपेक्षा भन्दै प्रकाशित एक आलेखमा विश्लेषण गरिएको आजको नेपाल समाचारपत्र दैनिकले जनाएको छ ।
 काठमाडौं जोडिएपछि रेलमार्ग वीरगन्ज लगिने र भारतको विहार क्षेत्रमा चीनसँगको व्यापारिक कारोबार पनि सजिलो हुने पनि सो आलेखमा उल्लेख गरिएको छ । अहिले कोलकता हुँदै भइरहेको व्यापारभन्दा बिहारीका लागि वीरगन्ज हुन्दै गरिने व्यपार सहज हुनेसमेत उक्त आलेखमा उल्लेख छ । उक्त आलेखलाई उदृत गर्दै भारतका सञ्चारमाध्यमले समेत सोसम्बन्धी समाचारको व्यापक प्रचारप्रसार गरेका थिए ।

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.