यो हो पुच्छर भएको बच्चा, पुच्छर हटाएपछि नयाँ जिवन
६ इन्च लामो पुच्छर सहित जन्मिएको एक चिनिया बच्चाले नयाँ जिवन पाएको छ । ११ महिनाको यांग यांगको १५ सेन्टिमिटर लामो पुच्छर डाक्टरहरुले शल्यक्रिया गरी हटाउन सफल भएका छन् ।
जन्मिँदै पुच्छर पलाएका कारण परिवारले उक्त बच्चालाई सानो बाँदर भनेर बोलाउँथे ।
सुरुमा परिवारले बच्चाको पुच्छर हटाउने सर्जरी गर्न मानेका थिएनन् । तर अन्ततः उनीहरु शल्यक्रियाका लागि तयार भए ।
डाक्टरहरुका अनुसार पाठेघरमा भ्रुणको विकाश हुने क्रममा भएको गडबडीका कारण बच्चामा त्यसरी पुच्छर पलाउने गर्दछ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.