गुगलको पेरिस मुख्यालयमा छापा
२०७३ जेठ ११ गते
आयकरलाई लिएर फ्रान्सको राजधानी पेरिसमा इन्टरनेट कम्पनी गुगलको मुख्यालयमा छापा मारिएको छ । गुगल आयरल्याण्ड लिमिटेड फ्रान्समा वित्तीय दायित्व निभाउन असफल भएको अभियोग छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार गुगलका अधिकारीहरुसँग विहानबाटै सोधपुछ सुरु भएको थियो ।
गुगलले यसबारेृ केही बताएकोृ छैन ।
फ्रान्स बि्रटेन लगायतका देशले ठूला डिजिटल कम्पनीले आफ्नो देशमा नाफा कमाउने गरेको तर, कर्पोरेट ट्याक्स कम भएको अर्को देशमा ट्याक्स तिर्ने गरेको गुनासो गर्दै आएका छन् ।
फ्रान्सको वृत्त मन्त्रालय स्रोतका अनुसार गुगलमाथि फ्रान्सको सरकारको १.६ अर्ब पाउण्ड बक्यौता छ ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.