सेनाको बसमा बन्दकर्ताको तोडफोड
२०७३ जेष्ठ १३ बिहीवा
काठमाडौ: नेपाली सेनाको सैनिक स्कुल बसमा तोडफोड भएको छ।
बा २ ख २२४७ नम्बरको सैनिक बसमा बन्दकर्ताले चाबहिल चोकमा ढंगामुढा र तोडफोड गरेका हुन्।
उनीहरुले ट्याक्सीमा समेत ढुंगामुढा गरेको प्रहरीले जनाकारी दिएको छ।
प्रहरीका अनुसार सैनिक स्कुल बसमा तोडफोडपछि बन्दकर्तालाई तिरबितर पारेका छन्।
नियम उल्लंघन गर्ने सवारीको कारबाहीका लागि ट्राफिक प्रहरीले बढी शुल्क लिन लागेको विरोधमा नेपाल यातायात व्यवसायी
राष्ट्रिय महासंघले गरेको बन्दले काठमाडौं उपतयका लगायत देश भरको जनजीवन प्रभावित भएको छ।
उपत्यकामा विहानैदेखि सार्वजनिक यातायातका साधन चलेका छैनन् भने सर्वसाधारण यात्रुलाई गन्तव्यमा जान कठिन भएको छ।


0 comments
Write Down Your Responses
Note: Only a member of this blog may post a comment.