अर्चना पनेरुको अभिनय रहेको चलचित्रको टिजर सार्वजनिक

सामाजिक सञ्जालमा नग्न तस्बिर पोष्ट गरेर चर्चामा आएकी अर्चना पनेरुको अभिनय रहेको चलचित्र जिस्मको टिजर सार्वजनिक भएको छ । पहिलो टिजरमा अर्चनालाई फरक फरक रुपमा देखाइएको छ । चलचित्र निर्देशक राजु गिरीले असार ३१ गतेदेखि यो चलचित्र सार्वजनिक गर्ने बताइसकेका छन् । गिरीकै निर्माण रहेको यो चलचित्रमा अर्चनाका साथै सुरेन्द्र बुढा, उकेश पनेरु, सुभेच्छा थापालगायतका कलाकारको अभिनय छ । अर्चनाले नायिका बनेर अभिनय गरेको जिस्म पहिलो चलचित्र हो । जिस्म सुटिङकै क्रममा धेरै विवादमा परेको थियो । पोखरामा सुटिङ गरिरहँदा निर्देशक गिरी र अर्चनसहित निर्माण टोलीलाई प्रहरीले पक्रेको समेत थियो । यसअघि अर्चनाले अर्को चलचित्र छेस्कोमा अभिनय गरेकी थिइन् । छेस्कोमा उनी नायिकाको भूमिकामा छैनन् । नग्न तस्बिर सार्वजनिक गरेर चर्चा बटुले लगत्तै उनले केहि म्युजिक भिडियोमा पनि अभियन गरेकी थिइन् । जिस्मको टिजर

0 comments

Write Down Your Responses

Note: Only a member of this blog may post a comment.